Comments Add Comment

ओलीले भने- असारमा नआए साउनमा संविधान

ध्रुव भट्टराई

२० असार, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि बढीमा साउन १५ सम्म मुलुकले नयाँ संविधान पाउने दावी गरेका छन् । असार मसान्त संविधान जारी गर्ने दलहरुको डेटलाइन भए पनि असारमा आउन नसके साउन १५ सम्ममा संविधान जारी हुने उनको भनाइ छ ।

Kp-Oli-at-Biratnagar

आइतबार विहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘९ बजे खाना खाने भनेको हो तर ९ बजे भएन भन्दैमा १० बजे खाना नखाने होत ? असार मसान्त भनेको संविधान जारी गर्ने तर भएन भने साउन जान सक्छ नी ।’

उनले केही दिन भित्रै संविधानको प्रारम्भिक मस्यौदा पास भइ जनताको प्रतिक्रियाका लागि आगामी बजेट घोषणासँगै जनता माझ जाने समेत बताए । लामो समयदेखि जनताको अधिकार संस्थागत हुन नसकेको भन्दै उनले अब नयाँ संविधान जारी भएसँगै जनताको अधिकार संस्थागत हुने उनको भनाइ थियो ।

संविधान सभामा छलफलको चरणमा रहेको संविधानको प्रारम्भिक मस्यौदा ६ सय एक जना सदस्य मध्ये दुई दर्जनको मात्र असहमति रहेको ओलीको भनाइ थियो ।

डिआईजी पुगे ओलीको स्वागतमा, जिल्ला अध्यक्ष अनुपस्थित

पार्टी अध्यक्ष केपी शर्मा ओली विराटनगर आएपनि मोरङ अध्यक्ष महेश रेग्मी उनलाई लिन विमानस्थल गएनन् । पार्टीमा केन्द्रदेखि जिल्ला तहसम्म देखिएको गुट उपगुटका कारण ओलीलाई स्वागत गर्न उनी विमानस्थल नगएको बताइएको छ । एमाले कार्यकर्ता परशुराम बस्नेत लगायतको जम्वो टोली भने ओलीको स्वागत गर्न खटिएको थियो ।

विराटनगर विमानस्थलमा पूर्वका प्रहरी प्रमुख डिआईजी माधवराज जोशी पनि पुगेका थिए । विहान ९ बजेर ३५ मिनेटमा यती एयरलाइन्सको जहाज चढेर विराटनगर आइपुगेका ओलीलाई स्वागत गर्न डिआजी जोशी करिव आधा घण्टा अघि विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment