Comments Add Comment

कर प्रणाली सुधार आयोगले प्रतिवेदन बुझाउँदै

२० असार, काठमाडौं । कर प्रणाली सुधार आयोगले आइतबार सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदैछ । गत पुसमा करविज्ञ डा. रुप खड्काको संयोजकत्वमा गठित आयोगले आइतबार ११ बजे अर्थमन्त्री डा. रामशरण महतलाई प्रतिवेदन बुझाउन लागेको हो ।

Taxअहिलेको कर प्राणालीको अवस्था के हो र आगामी दिनमा कस्तो प्रकारको कर प्रणाली अबलम्बन गर्नुपर्छ भन्ने सुझावसहितको प्रतिवेदन तयार भएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

‘सरकार, राजनीतिज्ञ, प्रशासन, सरोकारवाला लगायतले कस्तो कर प्रणाली चाहन्छन् भन्ने नै प्रतिवेदनको मुल विषयवस्तु हो’ शर्माले भने ।

आयोगले पाँचवटा विषमा केन्द्रित रहेर प्रतिवेदन तयार पारेको शर्माले बताए । उनका अनुसार प्रतिवेदनमा कर नीति तथा कानून, कर सम्बन्धि संगठानिक संरचना, जनशक्ति व्यवस्थापन, कर व्यवस्थापकीय पक्ष र पर्यावरणीय पक्षको बारेमा कमजोरी औँल्याउँदै सुधार गर्नुपर्ने सुझाव छ ।

प्रतिवेदनले भन्सार कर, मुल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, बहाल करलगायतका विषयमा पनि विभिन्मान सुझावहरू पेश गरेको छ ।

आयोगको सदस्यमा करविज्ञ माधव ढकाल र सुर्दशनराज पाण्डे सदस्य छन भने आन्तरिक राजस्व विभागका निर्देशक गोपालप्रसाल घिमिरे सदस्य सचिव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment