Comments Add Comment

‘विन्दास ३’मा पनि खिचियो बेडसिन, सुष्माको ठाउँमा यी को हुन् ?

bindash-3-bed-scene
‘विन्दास र विन्दास २’ हट दृश्यकै कारण चर्चामा रहेपछि निर्देशक राजु गिरीले यसको तेश्रो सिक्वेलमा पनि यस्ता दृश्य छाडेनन् । हाल नेपालगञ्जमा छायांकन भैरहेको चलचित्रका लागि फेरि एक बेडसिन खिचिएको छ । चलचित्रमा यस्ता ३ वटा दृश्य समावेश हुने उनको भनाई छ ।

‘विन्दास र विन्दास २’मा सुष्मा कार्कीलाई लिएर उत्तेजक दृश्य खिचेका राजुले यसपटक भने नयाँ अनुहारलाई प्रयोग गरेका छन् । चलचित्रमा अशोक फुयाँल, शुभेच्छा थापा, मनिष कार्कीको मुख्य भूमिका छ । bindash-2
चलचित्रका लागि खिचिएको नयाँ बेडसिन कथाको आवश्यकता अनुसार भएको उनले तर्क गरे । चलचित्रले यसपटक त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ । चलचित्रका लागि यसपटक बेडसिन दिने कलाकार बिनु खड्का हुन् । उनले राकेश गिरीसँग मिलेर बेडसिन दिएकी हुन् ।

भाष्कर श्रेष्ठ र रिचर्ड कुमार रसाइलीको लगानीमा छायांकन भैरहेको यो चलचित्रका अब २ गीत मात्र खिच्न बाँकी छ । चलचित्रमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्रको निर्माण भैरहेको छ ।  bindash-3-hot-scene

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment