Comments Add Comment

चार मधेसी दलद्वारा संविधानसभा बैठक बहिष्कार

२० असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालसहितका चार मधेसवादी दलले संविधान सभा बैठक बहिष्कार गरेका छन् ।

आइतबार बसेको संविधानसभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताए । लगत्तै उनले आइतबारको बैठक बहिष्कार गर्ने घोषणा गरे ।

उनको घोषणासँगै चारदलका सभासदहरु बैठकबाट बाहिरिएका छन् । संविधानसभाको बैठक चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment