Comments Add Comment

नेपालले टी-२० अन्तर्राष्ट्रियको बरियतामा प्रवेश पायो

Nepal--cricketTeam
२० असार, काठमाडौं । नेपाल अन्तराष्ट्रिय टी-२० क्रिकेटको वरियता क्रममा प्रवेश पाएको छ । तर, नेपाल पुछारमा परेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको टी-२० को वरियता क्रममा नेपाल १५ औं स्थानमा छ । हालै नेदरल्याण्डविरुद्धको चार म्याचको श्रृखला खेलेपछि नेपाल पहिलो पटक टी-२० को वरियता क्रममा पर्न सफल भएको हो ।

बंगलदेशमा भएको टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टी-२० राष्ट्रको मान्यता पाएको थियो ।

टी-२० को वरियता क्रममा पहिलो स्थानमा श्रीलंका छ । भारत दोस्रो, अस्ट्रेलिया तेस्रो, वेष्ट इन्डिज चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैठौं, न्युजिल्यान्ड सातौं, इङ्ल्यान्ड आठौं र बङ्गलादेश नवौं स्थानमा छ । स्कटल्यान्ड दशौं, अफगानिस्तान एघारौं, नेदरल्यान्ड्स बाह्रौं, आयरल्यान्ड तेहौं र जिम्बावे चौधौं स्थानमा छ ।

टी-२० को उत्कृष्ट सय खेलाडीको सूचीमा नेपालका एक मात्र खेलाडी मात्र परेका छन् । शरद भेषावकर टी-२० ट्वान्टी व्याटिङतर्फ विश्व वरीयतामा ७६ औं स्थानमा छन् ।

Nepal-Ranking

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment