Comments Add Comment

‘सपना तिम्रो मेरो’को अनाथालयलाई सहयोग

sapana-timro-mero
साउन २२ बाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘सपना तिम्रो मेरो’को देशका विभिन्न स्थानमा च्यारेटी पनि भैरहेको छ । साउनमा चलचित्र चलाएर जोखिम मोल्न लागेका निर्देशक ऋषिराज आचार्यले देशभर च्यारेटी गरेर उठेको रकम विभिन्न अनाथालयमा रहेका बालबालिकाका लागि सहयोग गर्ने बताए ।

सविन श्रेष्ठ, सुशान्त कार्की, जान्वी बोहरा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रको केही समय अगाडि काठमाण्डौको अष्टनारायण हलमा च्यारेटी शो सम्पन्न भएको थियो । सो च्यारेटीबाट उठेको रकमको केही हिस्सा समाज विकास संस्थाको अनाथालयलाई हस्तान्तरण गरिएको छ ।

सो अनाथालयमा रहेका बालबालिकाको स्वास्थ्य, शिक्षाका लागि रकम सहयोग गरेको निर्देशक आचार्यले बताए । प्रेमकथा बोलेको यो चलचित्रले अझै केही स्थानमा च्यारेटी गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment