Comments Add Comment

धर्मको नाममा राजनीति नगर्न प्रकाशमान सिंहको चेतावनी

२० असार, काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक धरातल गुमाएकाहरुले धर्मका नाममा राजनीति गरेर संविधान जारी गर्न अवरोध गर्न खोजेको आरोप लगाएका छन् । उनले कुनै एक दलले चाहे अनुसारको नयाँ संविधान जारी हुन नसक्ने पनि बताए ।

Prakashman-Singh

साङला बालकुमारी उच्चमाविले आइतबार तारकेश्वरमा आयोजना गरेको सम्मान कार्यक्रममा सिंहले भने- ‘संविधानसभामा २ दर्जन भन्दा धेरै बिभिन्न विचारधारा बोकेका दलहरु छन् । उनीहरु सबैलाई चित्त बुझाउन त सकिँदैन तर सकेसम्म धेरैको बिचारलाई समावेश गरिने छ ।’

उनले आफ्नै पार्टी भित्र संविधान मस्यौदाका बिषयमा उठेका बिषयहरुमा छलफल जारी रहेकाले केही थपघट हुन सक्ने उनले बताए । ‘हाम्रै दलका सभासदहरु, केन्द्रीय सदस्यहरुलाई पनि संविधानको मस्यौदामा चित्त बुझेको छैन,’ मन्त्री सिंहले भने, ‘आफ्नै दलले भनेको कुरा मात्रै हुनुपर्छ भन्ने हो भने २ तिहाइ बहुमत भन्दा धेरै मतले संविधान जारी गर्न सकिँदैन । नेपाली कांग्रेस ठूलो दल भएकाले सकेसम्म सबैको भावनालाई सम्वोधन गर्न चाहान्छ ।’

संविधान निर्माणका क्रममा लोकतन्त्रका मूल्य मान्यतामा भने कांग्रेसले कुनै सम्झौता नगर्ने उनले प्रस्ट पारे । उनले सकेसम्म २ तिहाई भन्दा धेरै मतले नयाँ संविधान जारी गर्न आफ्नो पार्टी क्रियाशील रहेको बताए ।

कार्यक्रममा भूकम्पकाबेला सहयोग गर्ने र एसएलसी परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन महत्वपूर्ण भूमिका खेलेका विषयगत शिक्षकहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेमा नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति नुच्छेनारायण मानन्धरलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment