Comments Add Comment

चीनमा कांग्रेसको प्रवासी संगठन पुनर्गठन

pradip poudel

ग्वान्जाओ । संयुक्त गणराज्य चीनमा नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समितिको नयाँ कार्य समिति गठन भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेवि संघका पूर्व अध्यक्ष प्रदीप पौडेलको पहलमा कम्युनिष्ट राष्ट्र चीनको व्यापारीक शहर ग्वान्जाओमा नयाँ कार्य समिति चयन गरिएको हो ।

शनिवार सम्पन्न भेलाबाट राजनकुमार जमकट्टेलको अध्यक्षतामा गठन भएको नेपाली जनसम्पर्क समितिको महासचिवमा युवराज न्यौपाने रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै केन्दि्रय सदस्य पौडेलले कांग्रेसलाई वैचारिक तथा सांगठनिक रुपमा सशक्त बनाउन स्वदेशका भातृ संस्थासँगै प्रवासी संगठनको पनि महत्वपूर्ण भूमिका हुने बताए ।
नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापा मगरले नव गठित कार्य समितिको सफलताको कामना गरे ।

यसअघि गत साता थापा मगरकै अध्यक्षतमा नेपाली जनसम्पर्क समिति मकाउको नयाँ कार्य समिति निर्विरोध चयन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment