Comments Add Comment

कलाकारलाई सुरु भयो तीजको चटारो, डेढ करोडसम्म हुनसक्छ कारोबार

teej-geet-shooting

भदौ ३० गते महिलाहरुको महान् पर्व तीज भएतापनि यसको चटारो भने कलाकारका लागि अहिले नै सुरु भएको छ । असारको १९ गतेबाट तीजको गीतको म्यूजिक भिडियो छायांकन प्रारम्भ भएको छ ।

तीजको गीतमा पनि व्यस्त रहने निर्देशक शंकर बीसीले शनिबारबाट भिडियो बनाउन सुरु गरेका हुन् ।  गतबर्ष ४१ वटा भिडियो निर्देशन गरेका वीसीले यसपटक पनि दुई दर्जन भन्दा बढी गीतमा काम गर्ने बताए । अहिलेसम्म ८ वटा गीत गर्ने पक्का भैसकेको उनले बताए ।

हरेक बर्षको तीजमा १ सय जती गीत तयार हुने गरेका छन् । जसबाट करिब अडियो र भिडियो गरेर डेढ करोडको कारोबार हुने देखिएको छ । तीजको गीतमा अहिले चर्चा पाउने आशमा नयाँले धेरै लगानी गरिरहेका छन् । हुनत, अहिले नेपालको सांगीतिक क्षेत्रदेखि चलचित्रमा पनि नयाँ व्यक्तिकै लगानी धेरै देखिन्छ ।

तीजको गीतमा पनि पुराना कम हुँदै गएका छन् भने नयाँले लगानी गरिरहेका छन् । नयाँले लगानी गर्दा मोडल पनि आफै हुने परम्परा बढेको छ । तीज आउन अझै २ महिना बढी समय रहँदा सांगीतिक क्षेत्रमा भने यसका गीत घन्किन थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment