Comments Add Comment

भुकम्पपछि अझै व्यूँतिएनन् हास्य श्रृंखला

dipakraj-giri-and-dhurmus
नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला ‘तितो सत्य’को हालै प्रशारित एपिसोडमा जाजरकोटमा फैलिएको स्वाइन फ्लूको चर्चा थियो । जबकी यो सन्दर्भ निकै पुरानो हो ।

भुकम्पपछि नयाँ एपिसोड निर्माण गर्न नसक्दा ‘तितो सत्य’ले पुराना एपिसोडहरु दोहोर्‍याइरहेको छ । नयाँ एपिसोड कहिले आउँछ भन्नेबारे निर्देशक दिपकराज गिरी नै बताउन सक्दैनन् । ‘तितो सत्य’ मात्र नभएर ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’को पनि यही अवस्था छ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटा चर्चित हास्य श्रृंखलामध्ये ‘भद्रगोल’को मात्रै फ्रेस एपिसोड दर्शकले हेर्न पाएका छन् । यसबाहेक हालै प्रशारण सुरु भएको ‘हाकाहाकी’ले पनि नयाँ एपिसोडहरु देखाइरहेको छ ।

आफूहरु भुकम्पपछिको राहत र पुननिर्माणमा व्यस्त हुनुपरेकाले पनि नयाँ एपिसोड ल्याउन नसकेको हास्य कलाकारहरु बताउँछन् । ‘तितो सत्य’का निर्देशक दिपकराज गिरीले अब ‘नयाँ समाज निर्माणका लागि आफ्नो टिम लागीपर्ने’ बताए । ‘अब भूकम्पको चोट बिर्साउन हँसाउदैनौ मात्रै, सुरक्षित रहन पनि सिकाउछौं’ दीपकले भने । तर श्रृंखलाको नयाँ एपिसोड कहिले आउँछ भन्नेबारे केही बताएनन् ।

दर्शकका विचमा लोकपि्रय अर्कोर् सिरियल ‘मेरी बास्सै’ पनि भूकम्पपछि पुरानै भाग प्रशारण भइरहेको छ । यस सिरियलका मुख्य पात्र सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफूहरु पुर्ननिर्माणका कामहरुमा व्यस्त रहेकाले नयाँ बनाउन नसकेको बताएका छन् । आगामी भाग रोचक हुने दाबी निर्देशक समेत रहेका कट्टेलको छ ।

भुकम्पपछि नयाँ एपिसोडहरु ल्याइरहेको ‘भद्रगोल’ले भुकम्पलाई नै विषयवस्तु बनाएको छ । ‘भद्रगोल’को सुटिङस्थका रुपमा उपयोग गरिदै आएको सुन्दर गाउँ भुकम्पपछि भग्नावशेषमा परिणत भएको छ ।  बिस्तारै विषयान्तर गरेर अरु रोचक कुराहरु देखाउने निर्देशक शंकर आचार्यले बताए ।

‘यस्तो बेलामा पुरै लत्तो छाडेर हँसाउने आँट आउँदो रहेनछ । अहिलेसम्म हामी नकक्ली भुकम्प पीडितको विगविगी र राहतमा भएको भ्रष्टाचारलाई व्यंग्य गरिरहेका छौं । अब हँसाउने अन्य सन्दर्भहरु खोज्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment