Comments Add Comment

अब मोवाइलबाटै सेयर बजारको जानकारी पाउन सकिने

२० असार, काठमाडौं । स्मार्टफोनको प्रयोग बढ्दै गएको र बजार सरोकारवालाको व्यस्त दैनिकीलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल स्टक एक्स्चेञ्जले ‘नेप्से एप्स’ सार्वजानिक गरेको छ ।  आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. रामशरण महतले एप्सको उदघाटन गरे ।

पुँजी बजार सम्बन्धी सही सूचना समयमै सबै सरोकारवालाहरु सम्म पुग्नुपर्ने महतले बताए । ‘यो एप्सले पुँजी बजारको सूचना प्रवाहमा महत्वपूर्ण कडीका रुपमा काम गर्ने विश्वास मैले लिएको छु ।’ उनले भने- ‘यसले लगानीकर्तालाई शिक्षित बनाउनेछ ।’

यससँगै नेप्सेले आधुनिकीकरणका अन्य प्रयासलाई तीब्रता दिने महतको विश्वास छ । नेप्सेले छिट्टै अनलाइन टे्रेडिङ सिस्टम स्थापना गर्नुपर्नेमा जोड दिँदै यस दिशामा नेप्सेलाई सफलताको कामना गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले नेप्सेले ल्याएको एप्सले बजारको पारदर्शीता प्रवर्द्धनमा सघाउने बताए । सूचना प्रवाहका क्षेत्रमा नेप्सेले गर्दै आएको प्रयासको प्रशंसा गर्दै उनले नीतिगत रुपमा धितोपत्र बोर्डले गर्नुपर्ने कार्यहरुमा सहजीकरण गर्दै लैजाने बताए ।

नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण अर्यालले माननीय अर्थ मन्त्री, अर्थ सचिव, राजस्व सचिव, धितोपत्र बोर्ड तथा बिमा समितिको मार्ग निर्देशन बमोजिम नेप्से एप्स ल्याउने लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।

‘नेप्से एप्सले सूचना प्रवाहका क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने विश्वास हामीले लिएका छौं ।’ उनले भने- ‘यो एप्सले बजारको पारदर्शीता अभिवृद्धि गर्नेछ ।’

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले स्वागत मन्तव्य व्यक्त गर्दै बजारमा हुनसक्ने अनियमितता न्युनीकरण गर्दै लैजाने सन्दर्भमा नेप्से एप्स उपयोगी हुने बताए ।

‘बजारमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोकथाम गर्ने यो प्रयास त्यस्ता गतिविधि भइसके पछि गरिने दण्डसजाय भन्दा बढी प्रभावकारी हुन्छ भन्ने हाम्रो मान्यता हो ।’ उनले भने ।

एप्सका बारेमा निर्माता कम्पनी ब्रेनडिजिटका निश्चल प्रधान र सञ्चार साझेदार न्यू बिजनेस एजका मदन लम्सालले प्रस्तुति गरेका थिए ।

नेप्सेको आधिकारीक एप्लिकेशन गुगल प्ले तथा आइओएसको एप्स स्टोरबाट डाउनलोड गरेर प्रयोगमा ल्याउन सकिन्छ । यो एप्लिकेशनमा कारोबार�%

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment