Comments Add Comment

कुखुरा चोरी भयो, राज्यपाललाई भन्नुस् …

Chicken

नयाँदिल्ली । भारत उत्तर प्रदेशको रामपुरमा आजभोलि घरपालुवा जनापरको चोरीको उजुरी बढ्दो छ । र, यस्तो उजुरी सिधै राज्यपाल राम नाइक समक्ष पुग्ने गरेको छ ।

रामपुर उत्तर प्रदेश सरकारका चर्चित मन्त्री अजाम खानको क्षेत्र हो । अझ रोचक के छ भने कुखुरा, बाख्रा र कुकुर चोरीको उजुरी गर्नेहरुलाई राज्यपालले मदत पनि गरिरहेका छन् ।

उजुरीको सुरुवात रामपुरका आजाम खानका छिमेकी फरहान उल्लाहले गरेका थिए । उनका अनुसार उनको १२ कुखुरा चोरी भयो । प्रहरीले उनको चोरीको उजुरी दर्ता गर्न मानेन ।

उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवका साथमा
उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवका साथमा राज्यपाल राम नाइक

तर, उनले चोरी भएको कुखुराको खोजीका लागि प्रहरीलाई आदेश दिन राज्यपालसँग गुहार मागे । उनले राज्यपाललाई चिठी खेले र राजभवनबाट त्यसको जवाफ पनि आएको छ ।

त्यसको केही दिनपछि प्रहरी उनको घरमा आएर कुखुराको बारेमा सोधपुछ गरेपछि उनी आश्चर्यमा परे । राजभवनको ढोका ढकढक्याउन आफूलाई राम नाइकको एक भनाइले प्रेरित गरेको फरहानले बताए । राम नाइकले गरीबका लागि आफ्नो ढोका संधै खुला रहने बताएका थिए ।

त्यसपछि त घरपालुवा जवावर चोरीको उजुरीको लर्को लागेको छ । रज्मी खानले आफ्नो कुकुर र मोइन पठानले बाख्रा हराएको भन्दै खोजीका लागि राज्यपालसँग सहयोग मागे ।

राज्यपालका सूचना अधिकारी अन्जुम नकवीले सबै उजुरीहरु सम्वन्धित जिल्ला अधिकारी कहाँ पठाइएको बताए । राज्यपालले मानवीयताका आधारमा सहयोग गरेको उनले बताए ।

मन्त्री खान
मन्त्री खान

तर, रामवपुरका कांग्रेस महासचिव फैस्ल खान लालले भने उजुरी फर्जी भएको र उनीहरु आजम खान नजिकका भएको बताए । राज्यपालकै आग्रहमा यो सबै भएको उनको दबी छ ।

मोइन पठानलाई बीबीसीले अजाम खानको किन सहयोग नलिएको भनेर प्रश्न गरेको थियो । तर, उनले राज्यपालमाथि नै प्रश्न उठाए । उनले भने-‘राज्यपालले एक अपराधीलाई सहयोग गर्न आफ्नो पदको गरिमा गिराए । जुन अपरोधीको घरमा पुलिसले छापा मार्‍यो, उसलाई राज्यपालले सहयोग गर्न सक्छन् भने हामीले पनि सहयोग माग्यौं ।’

पठानले फैसल खान लालालाई अपराधी भनेका हुन् । फैसल खानले ती विद्यार्थीलाई सहयोग गरेका थिए, जसलाई आजम खानविरुद्ध फेसबुकमा गरेको टिप्पणीका कारण जेल पठाइएको थियो ।

फैसलले राज्यपालसँग मिलेर आरोप लगाएका थिए कि जिल्ला प्रशासन आजमको इशारामा विद्यार्थीलाई तनाव दिइरहेका छन् ।

बीबीसी हिन्दीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment