Comments Add Comment

शुल्क फिर्ता नगर्ने विद्यालयलाई क्रान्तिकारीले कारवाही गर्ने

२० असार, काठमाडौं । नेकपा-माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले भूकम्पका बेला विद्यालय बन्द भएको समयको शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारबाही गर्ने भएको छ ।

akhilक्रान्तिकारीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सहमतिका विरुद्ध लाग्ने र कार्यान्वयनमा आलटाल गर्ने विद्यालयहरुलाई अघोषित कारवाही संचालन गर्ने घोषणा गरेको हो ।

शुल्क फिर्ता नगर्ने र शुल्क वृद्धि गर्ने विद्यालयहरुलाई कालो सूचीमा राखी सार्वजनिक गरिने क्रान्तिकारी अध्यक्ष रत्न ढकालले बताए । पटक पटक भएका निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन तथा सरकारसँग भएका सहमतिहरु कार्यान्वयन नगरेको भन्दै संघर्षको कार्यक्रम तय गरिएको पनि ढकालले बताए ।

संघर्षको कार्यक्रम अन्तर्गत १० बुँदे सहमति र ५ बुँदे प्रतिवद्धता पत्र सबै विद्यालयहरुमा वितरण गर्ने, १५ दिनको शुल्क फिर्ता गर्न एकहप्ते अल्टिमेटम दिने तथा अटेर गर्ने विद्यालयहरुको लेखा शाखामा तालावन्दी गर्ने लगायत छन् ।

चैत ६ गते शिक्षा मन्त्रालय र संयुक्त विद्यार्थीबीच शुल्क सम्वन्धी भएको १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै साउन पहिलो हप्ताबाट आन्दोलनमा जाने निर्माण गरिएको अध्यक्ष ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment