Comments Add Comment

आईएमई समुहद्धारा १० लाखको छात्रवृत्ति घोषणा

२० असार, काठमाडौं । इन्टरनेसन मनी एक्सप्रेस (आईएमई) तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा असार १५ गतेदेखि लागू हुनेगरी आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति सञ्चालनमा ल्याएको छ ।

scholarship-mnemonicएक देखि ११ कक्षसम्म अध्ययनरत आर्थिक रुपमाविपन्न जेहेन्दार तथा मेहनती विधार्थीबाट प्राप्त हुने आउने सदर आवेदनका आधारमा एक शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरिने आइएमइ समुहले जनाएको छ ।

आईएमई लिमिटेड एवं ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागिएक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

इच्छुक विधार्थीले यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आˆनो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिससहित यही साउन ३२ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदनउपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गर्नेछ । यो समितिको निर्णय नै अन्तिम निर्णय हुने बताइएको छ ।

बैशाख १२ मागएको विनाशकारी महाभुकम्प र त्यसबाट उत्पन्न पराकम्पनबाट प्रभावित विद्ययार्थीहरुले पनि उक्त छात्रवृत्तिबाट राहत प्राप्त गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment