Comments Add Comment

बहुलवाद कांग्रेसको होइन, मदन भण्डारीको

२१ असार, काठमाडौ । नयाँ संविधानमा नेपाली कांग्रेसले बहुलवाद उल्लेख गर्न खोँचे थापेको चर्चा चलिरहेका बेला एमालेकै एक नेताले भने बहुलवाद मदन भण्डारीको सिद्धान्त भएको बताएका छन् ।

कमल कोइराला
कमल कोइराला

मदन भण्डारी महासचिव रहँदा नेकपा एमालेको २०४८ सालको चुनाव घोषणापत्रमा नै बहुलवाद शब्द उल्लेख गरिएको एमालेका नेता तथा पूर्व राजदूत कमल कोइरालाले साँघुसाप्ताहिकमा लेखेका छन् ।

नेपाली कांग्रेसका कार्यसमिति सदस्य एवम् सभासद् मनमोहन भट्टराईले पनि बहुलवाद हटाएर कांग्रेस अक्षम्य अपराध गरेको बताएको उनको भनाइ छ ।

मोरङ क्षेत्र नम्बर ७ बाट आफूलाई मधेसवादी भन्ने विजय गच्छेदारलाई प्रतिष्पर्धामा हराई जनताद्वारा निर्वाचित सभासद शेखर कोइरालाले भनेछन्-‘बहुलवाद हटाउने नेतालाई वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजासाद कोइरालाको नाम लिने अधिकारी छैन ।’

कोइराला लेख्छन्- ‘मदन भण्डारीको प्रतिष्पर्धापूर्ण आमनिर्वाचनमा जनताले चुनेका प्रतिनिधिहरुको बहुमतले बनाएको सरकार र अल्पमतमा भएको पार्टीको प्रतिपक्षवाला जनताको बहुदलीय जनवादको पनि आजका एमालेका नेताले औपचारिक रुपमा संविधान बन्दा परित्याग गरिसकेका छन् ।’

उनी भन्छन्- मनमोहन अधिकारी र मदन भण्डारीको नाम नेताहरुको ब्यक्तिगत ब्यापार र ब्यवसायको ट्रेडमार्क बनाएर बेचिँदै र भजाइँदैछ । आफ्नो क्षुद्र, ब्यक्तिगत पदप्राप्तिको मौलोमा नेताहरुले सिद्धान्तको बलि चढाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment