Comments Add Comment

रामोसको भविश्यबारे प्रश्न गर्दा अन्तरवार्ता छाडेर हिँडे रोनाल्डो

Ronaldo

२१ असार, काठमाडौं । टिममेट सर्जिओ रामोसको भविश्यबारे प्रश्न सोधेपछि क्रिष्टियानो रोनाल्डो टीभी अन्तवार्ता बीचमै छाडेर हिँडेका छन् ।

रोनाल्डो एसएनटीभीको अन्तरवार्तामा थिए । कुराकानीको क्रममा कार्यक्रम सञ्चालकले रोनाल्डोले रियल मड्रिडको टिममेटको भविश्यबारे प्रश्न गरे । सुरुमा थाहा छैन भनेका उनी कानमा लगाएको हेडफोन हटाएर अन्तरवार्ताबाटै बाहिरिए ।

यसअघि उनले एलए ग्यालेक्सी जाने स्टफेन जरोर्डको निर्णय अमेरिकी फुटबल समर्थकहरुका लागि खुसीको कुरा भएको बताएका थिए ।

पोर्चुगिस भाषामा भएको अन्तरवार्तामा उनले कार्यक्रम सञ्चालकले आफूलाई अन्तरवार्ता छाड्ने अवस्थामा पु¥याएको बताएका छन् ।

गोल डटकमका अनुसार रोनाल्डोले आफूलाई मानिसहरुका अगाडि मूर्ख बनाएको भन्दै असन्तुष्टि जनाएका छन् । अन्तरवार्ता छाडेर जाने क्रममा हात मिलाउँदै उनले धन्यवाद दिएका थिए ।

म्यानचेष्टर युनाइटेडले रियल मड्रिडका रामोसलाई क्लबमा भित्र्याउन चाहेको छ । तर, रियलका नयाँ प्रशिक्षक राफेल बेनिटेजले कुजै निर्णय लिइसकेका छैनन् ।

यसअघि अन्तरवार्ताका क्रममा उनले रियल मड्रिड विश्वकै ठूलो क्लब भएकाले त्यहाँ टिकिरहनु खेलाडी र प्रशिक्षकका लागि चुनौतीपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment