Comments Add Comment

मोडल हन्टका प्रतिस्पर्धी छानिए

GALLERY-DUST-N-ROCKS-(180)

काठमाडौं । मोडलिङलाई ब्यवसायिक उदेश्यले आयोजना गरिएको ‘मोडल हन्ट नेपाल २०१५’ प्रारम्भिक छनौट सकिएको छ ।

दोस्रो अडिसनसँगै प्रारम्भिक छनौट सकिएको आयोजक नेक्स्ट मोडल्सले जनाएको छ । दुई चरणमा भएको प्रारम्भिक छनौटबाट ३५ युवा र ३५ युवती अन्तिम प्रतिस्पर्धाका लागी छानिएका छन् ।

रविना देसराज श्रेष्ठ, बिश्व गौतम, निराजन थापा­, बिष्णु अर्याल लगायत दोस्रो चरणको छनौटमा निणार्यक थिए ।
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा सफल मानिएको ‘मोडल हन्ट’ नेपालमा पहिलो पटक गर्न लागिएको हो ।

GALLERY-DUST-N-ROCKS-(235)

नेपाली मुलका युवायुवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गरिएको नेक्ष्ट मोडल्स्का अध्यक्ष रवि धमलाले बताए ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment