Comments Add Comment

ग्रीसका जनताले भने- सशर्त विदेशी सहायता चाहिँदैन

Greek
२१ असार, काठमाडौं । ग्रीसमा आइतबार सम्पन्न जनमत संग्रहमा त्यहाँ दुई तिहाइ जनताले विदेशी ऋणदाताको शर्तसहितको ऋणलाई अस्वीकार गरेका छन् ।

शर्तसहितको विदेशी ऋण स्वीकार्नुपर्छ भन्ने पक्षमा ३८.७ प्रतिशतमात्रै मत खसेको छ भने सशर्त ऋण नलिने पक्षमा ६१.३ प्रतिशत मत खसेको छ ।

ग्रीसको वामपन्थी सरकारले शर्तसहितको ऋणलाई अस्वीकार गर्दै आएको थियो । जनमत संग्रहमा त्यहाँका दुईतिहाइ जनताले सरकारको अडानप्रति भारी समर्थन प्रदान गरेका छन् ।

दाताहरुको शर्त मानेर ऋण ल्याउने पक्षमा समर्थन नजनाए ग्रीस युरोजोनबाट बाहिरिने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए । तर, सशर्त ऋण लिनुपर्छ भन्ने पक्षमा एक तिहाइ मात्रै मत खसेको छ ।

जनमत संग्रहको नतिजापछि त्यहाँका प्रधानमन्त्रीले ग्रीसका जनताले एकता प्रदर्शन गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

जनमत संग्रहको नतिजापछि अमेरिकी डलरको मुकाविला गरिरहेको युरो मुद्राको मूल्यमा गिरावट आएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ग्रीसको चुनावी नतिजापछि मंगलबारका लागि युरोजोनको बैठक बोलाइएको छ । युरोजोनका अधिकारीहरुले जनमत संग्रहको यो नतिजालाई अफसोसजनक बताएका छन् । प्रधानमन्त्रीले ग्रीसलाई निराशाजनक बाटोतिर लगेको युरोपेली संघका अधिकारीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment