Comments Add Comment

निखिलसँग अनुको ‘भैरव’ केमेष्ट्री, के सफल होला जोडी ?(फोटो फिचरसहित)

nikhil-anu-pose
५ बर्षपछि  नेपाली चलचित्रमा फर्किएका नायक निखिल उप्रेती अहिले फेरि पुरानै क्रेज फर्काउने दाउमा छन् । निखिलका लागि आफ्नै डेब्यू निर्देशनमा बनेको चलचित्र ‘भैरव’ विशेष छ । भन्नेहरु त यो पनि भन्छन् कि यदि, निखिलले निर्देशन तथा अभिनय गरेको यो चलचित्रले सोचेजस्तो सफलता पाएन भने उनी नेपाल बस्ने या नबस्ने दोधारमा हुनेछन् ।

५ बर्ष अगाडि नेपाल छाड्दै गर्दा निखिलले केही गरेर देखाउँछ भनेका थिए उनले । अब, उनले के गरेर देखाउने हुन् भन्ने प्रतिक्षामा चलचित्रकर्मी र दर्शक दुबै छन् ।
anu-shah nikhil-and-anuभदौ ११ गतेबाट चल्न लागेको यो चलचित्रमा निखिललाई नायिका अनु शाहले साथ दिएकी छिन् । अनुका लागि पनि ‘भैरव’ चल्न आवश्यक छ । काममा व्यस्त भएपनि उनको चर्चा खासै हुँदैन । चलचित्र क्षेत्रमा चर्चा कम हुने नायिकाको सूचीमा उनलाई पनि राख्ने गरिएको छ । यसैले पनि अनु आफ्ना लागि यो चलचित्र उच्च महत्वकांक्षामा रहेको बताउँछिन् ।

तराइमा हुने गरेको कालो बजारी र गैह्र धन्दाको बिषयलाई निखिलले साउथ इन्डियन चलचित्रको शैलीमा उठान गरेका छन् । अनु र निखिलको जोडी पर्दामा कत्ती सुहाउने हो, अहिले सबैलाई प्रतिक्षा छ । anu-and-nikhil anu-shah-bhairabnikhil-upreti-in-police

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment