Comments Add Comment

ग्रीसले ‘नाइँ’ भन्यो, अब के हुन्छ ?

मार्क लोवेन, एथेन्स

ग्रीसले ‘बेलआउट प्याकेज’लाई जोडदाररुपमा अस्वीकार गरेपछि रातभरि खुशीयाली मनाइयो । तर, यो खुशियालीपछि अगाडिको बाटो कठिन देखिँदैछ ।

Greek-0

प्रधानमन्त्री एलेक्सिस त्सिप्रास जे चाहन्थे, त्यस्तै भयो । ग्रीसका जनताले ६० प्रतिशतभन्दा बढी भोटको माध्यमबाट ‘बेलआउट प्याकेज’लाई खारेज गरिदिएका छन् ।

युरोपेली नेताहरुले जनमत संग्रहभन्दा पहिले बारम्बार ग्रीसका जनतालाई चेतावनी दिएका थिए कि यदि ग्रीसको फैसला ‘नाइँ’ भन्ने आएमा उसले युरोजोनबाट बाहिरिनुपर्ने हुन सक्छ ।

तर, यो चेतावनीको पर्वाह न ग्रीसका जनताले गरे, न त व्यहाँको सरकारले ।

युरोजोनबाट बाहिरिनुको अर्थ हो, युरोपेली संघबाट प्राप्त सहयोग बन्द हुनु । यो सहयोगविना ग्रीस तत्काल काम चलाउन सक्ने अवस्था छैन ।

यसका लागि ग्रीसले चाँडोभन्दा चाँडो युरोजोनसँग सहायताका लागि सम्झौता गर्नुपर्ने हुन्छ ।

जनमत संग्रहपछि ग्रीसको सरकार ‘बेलआउट’को शर्त नरम गराउनेमा केही राम्रो अवस्थामा पुगेको छ ।

यद्यपि युरोपेली संघ, अर्थात खासगरी जर्मनी र फ्रान्सजस्ता देशहरुको कडा रुप हेर्दा बातचित फेरि सुरु गर्न सहज छैन ।
ग्रीसका अर्थमन्त्रीले पनि युरोजोनको रणनीतिलाई ‘आतंकवाद जस्तै’ बताइसकेका छन् ।

‘बेलआउट प्याकेज’मा आर्थिक अनुशासनका लागि केही कडा शर्त जोडिएका छन्, जसमा कर बढाउने तथा सामाजिक योजनामाथि गरिने खर्च कटौतीको माग गरिएको छ ।

ग्रीसका प्रधानमन्त्री यी शर्तहरुलाई अपमानजनक मान्छन् । यसैले गर्दा उनले जनताबाट ‘बेलआउट प्याकेज’लाई खारेज गराएका हुन् ।

जनमत संग्रहको फैसला भलै सरकारको योजना मुताविक रह्यो । तर, ग्रीसमा अहिले पनि एउटा ठूलो तप्का छ, जो यो पूरै घटनाक्रमबाट खुशी छैन ।

नगदको कमी

ग्रीसका बैंकहरुमा नगदको कमी भइरहेको छ । र, युरोपेली केन्द्रीय बैंकबाट उसलाई आपतकालीन रकम मिल्न धेरै जरुरी छ ।

ATM
आर्थिक अभावको यो स्थितिका कारण केही बैंकले एटीएम मेसिनबाट एक दिनमा निकालिने रकमको अधिकतम राशी ६० युरोमा सीमित गरेका छन् ।

बैंक संकट अर्थात अस्थिरताका कारण कर जुटाउनमा आएको कमीले गर्दा ग्रीसको अर्थव्यवस्था झनै कमजोर बनेको छ ।

यो हालतमा युरोजोन र ग्रीसवीचको सम्झौता अरु मुस्किल लाग्न थालेको छ ।

दोस्रो, युरोजोनका तर्फबाट ग्रीसमाथि कडा वयानको सिलसिला जारी राखिएको छ । तर, ग्रीस सरकारसँग पनि यसको जवाफ छ ।

उसले भन्नेछ, हामीले तपाईहरुको मागबारे लोकतान्त्रिक कसौटीमा परीक्षण गर्‍यौं, तर जनताले त्यसलाई खारेज गरिदिए ।
स्रोतः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment