Comments Add Comment

कंगनाको पारिश्रमिक ६ करोड

Kangana-Ranaut (1)
बलिउडकी क्विन भनेेर चिनिने नायिका कंगना रनौतले आफ्नो पारिश्रमिक दोब्बर बनाएकी छिन् । यसअघि तीन करोड पारिश्रमिक लिएर काम गर्दै आएकी कंगनाले अब ६ करोड लिने भएकी छिन् ।

एकपछि अर्को चलचित्र सफल हुँदै गएपछि पछिल्लो समय कंगना सफल चलचित्रको पर्यावाची जस्तै हुन थालेकी छिन् । त्यसो त कंगनालाई काम गराउन चाहने निर्माताको संख्या पनि बढेको बढ्यै छ ।

आफुलाई कामको प्रस्ताब राख्नेहरु बढेकाले पनि कंगनाले पारिश्रमिकको दर बढाएको भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।

कंगना अभिनित पछिल्लो चलचित्र ‘तनु वेड्स मन्नु रिटन्र्स’ ले १५० करोड कमाई गरेको थियो । नायिकाको अभिनयकै बलमा उक्त चलचित्रले राम्रो ब्यापार गरेको बताइएको छ । अहिले बलिउडमा सबै भन्दा चलेकी नायिकाको नाम लिंदा कंगनाको नाम सबै भन्दा अगाडी आउँछ ।

कंगना अभिनित ‘कट्टी बट्टी’ प्रदर्शन हुनै बाँकी छ । उक्त चलचित्रमा कंगनाले चुलबुले युवतीको भुमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment