Comments Add Comment

अनौठा जुम्ल्याहा दिदीबहिनीको पुनर्योगको पर्खाइ

२१ असार,काठमाडौं । प्रायः जुम्ल्याहाको समानता भनेको अनुहारमा हुन्छ । तर, कतिपय जुम्ल्याहा खानपिन, पढाइ लेखाइ र रुचीमा पनि समान हुन्छन् ।
Manisha-and-Anisha
झापा धुलाबारीका मनिषा र अनिशा कोइराला तीन मिनेटको फरकमा जन्मिए । तीन मिनेट अघि जन्मिएका कारण अनिशा दिदी भइन् । तर, पढाइमा दुबै सधैं समान हुँदै आएका छन् ।

यसपटक एसएलसी परीक्षामा पनि उनीहरुले समान अंक ल्याउने अपेक्षा गरेका थिए । तर, मनिषाले गणितमा ८८ नम्बरमात्र पाउँदा १० नम्बरले अनिशा अगाडि भइन् ।

काठमाडौंको रामहिटीस्थित ज्ञानमाला इङलिस हाइस्कूलबाट एसएलसी दिएका जुम्ल्यहा दिदी बहिनीमध्ये अनिषाले ९२ दशमलब ७ प्रतिशत ल्याइन् भने मनिषाले ९१ दशमलब २५ प्रतिशत ल्याइन् ।

गणितमा चित्त नबुझेपछि मनिषाले पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएकी छन् । ‘साउन १९ गते नतिजा आउदा मेरो ९८ नै आउनेछ,अनि हामी दुवैजनाको अंक बराबर होला’ मनिषा विश्वस्त छिन् ।

बढाइमा तेज यी जुम्ल्याहाले अब उच्च शिक्षाको गन्तव्य बनाएका छन् विज्ञान विषयलाई । अनि उनीहरु दुबैले रोजेका छन् जेभियर इन्टरनेशनल कलेज ।

जेभियरको छात्रवृत्ति

कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रवेश परीक्षा दिन पुगेका यी जुम्ल्याहाको व्यक्तिगत र पारिवारिक अवस्था बुझ्नेवित्तिकै कलेजले उनीहरुलाई निःशुल्क पढाउने घोषणा गरिसकेको छ ।

‘उनीहरुको पढाइको स्तर र पारिवारिक अवस्था तथा रुचीलाई ध्यान दिएर हामीले छात्रवृत्ति प्रदान गर्दैछौं’ जेभियरका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले भने ‘जुम्ल्याहा त धेरै हुन्छन् तर यिनीहरु अरु भन्दा फरक पायौं’ ।
Manisha-and-Anisha-1
अनिषा र मनिषाको पारिवारिक आर्थिक अवस्था सामान्यस्तरको छ । बुबा कुमार वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा छन् । आमाको रेखदेखमा हुर्किएका यी जुम्ल्याहाले पढाइमा भने झण्डै नेपाल टप गरे ।

ज्ञानमाला स्कूलका पि्रन्सिपल अनिलकुमार राईका अनुसार यी जुम्ल्याहा दिदी बहिनी १३ वर्षअघि एकै दिन नर्सरीमा भर्ना भएका थिए । पढाइमा असाधारण तेज भएकाले ३ कक्षाबाट एकैचोटि ५ कक्षामा लगियो ।

कक्षामा पहिलो र दोस्रो स्थान सधैं यिनै जुम्ल्याहाको कब्जामा रहृयो । नम्बर बराबरी हुँदा पनि गोला प्रथाबाट यिनै पहिलो दोस्रो हुन्थे । तर, एसएलसीमा नम्बर बराबरी नआउँदा उनीहरु दुबै चिन्तित छन् ।

सामान्यतः विद्यार्थीमा एउटै दिदीबहिनी भए पनि आफू पहिलो हुँ भन्ने चाहाना हुन्छ । तर, यिनीहरु फरक छन् । बहिनी आफूभन्दा पछि परेकोमा दिदी अनिषा चिन्तित छिन् । भन्छिन्-सायद रिटोटलिङ गर्दा उसको मेरो बराबरी नम्बर हुन्छ, किनकि हामीले गणितमा एउटै उत्तर लेखेका हौं, मेरो बढी उसको घटी हुनै सक्दैन ।

रुची एउटै, रोग पनि एउटै

आमा तारा कोइरालाका अनुसार उनीहरुको खानपिन, पढाइलेखाइ सबै सँगै हुन्छ । रुची दुबैको एउटै छ । ‘एउटीलाई कुनै रोगले भेट्यो भने लगत्तै अर्कीलाई पनि त्यही रोगले छोइहाल्छ’ तारा भन्छिन् ‘एकैपटक दुवैको उपचार गर्ने पूर्वतयारी हुनुपर्छ’ ।

अहिलेसम्म सबै रुची एउटै भए पनि अबको बाटो भने उनीहरुले केही फरक फरक रोजेका छन् । अनिषा डाक्टर बन्न चाहान्छिन् भने मनिषा फार्मेसिष्ट बन्न चाहान्छिन् । घरबाट खर्च तिरेर पढाउने अवस्था नभएकाले पढाइमा अब्बल भएरै छात्रबृत्ति पाउनुपर्छ भन्नेमा उनीहरु प्रष्ट छन् ।

Manisha-and-Anisha-11

दुबैजनाले जेभियर इन्टरनेशनलमा बायोलोजी लिएर पढ्दैछन् । कपन सिमलटारदेखि जेभियर धाउने तयारीमा रहेका जुम्ल्याहा भन्छन्-पढाइका लागि नो कम्प्रोमाइज, जेभियरमा राम्रो छ भनेपछि हामीले नै कर गरेका हौं । पढाइमा दूरीको अर्थ हुँदैन ।

स्कूल बनाएर फर्किए

नृत्य दुबैको साझा सोख हो । धेरै नृत्य प्रतियोगितामा यी जुम्ल्याहाले जितिसकेका छन् । उमेरले १६ काट्न बाँकी छ । तर, यी जुम्ल्याहाले समाजसेवामा पनि हात हालिसकेछन् ।

एसएलसी दिएर खाली बसेका बेला भूकम्पले नराम्ररी हल्लाएपछि उनीहरुले सल्लाह गरे, यो विपतको बेला हामीले केही गर्न सक्दैनौं ? त्यसपछि उनीहरुले एउटा सामाजिक संस्थासँग मिलेर नुवाकोट र नगरकोटमा स्कूल भवन बनाउन श्रमदान गरे ।

भूकम्पका बेला सानो सहयोग भने पनि गर्न पाएकोमा उनीहरु दंग छन् । भन्छन्- हामी जुम्ल्याहा दिदी बहिनी भन्दा पनि साथीजस्तै छौं । दुवैको रोजाइ एउटै छन्, सायद विहे एउटैसँग नहोला, बाँकी काममा हामी अलग हुन सक्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment