Comments Add Comment

बाँकेमा जुत्ता पसलमा आगलागी, ३५ लाख क्षति

२१ असार, बाँके । नेपालगंज उपमहानगरपालिका-२ घरवारी टोलको जुत्ता चप्पल पसलमा सोमबार विहान आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

गोपाल श्रेष्ठले संचालन गरेको जुत्ता चप्पल पसलमा करेन्ट सर्ट भएर आगलागी भएको थियो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए ।

यसैगरी सोलुखुम्बुको जुवु-७ बस्ने जयबहादुर राईको घरमा आगो लाग्दा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment