Comments Add Comment

बिमलेन्द्र निधीको चेतावनी- सिमांकन बिना संविधान अस्वीकार्य

२१ असार, काठमाडौं । सरकारका प्रभावशाली मन्त्री तथा कांग्रेस नेता बिमलेन्द्र निधीले प्रदेशहरुको सिमांकन गरेर मात्र संविधान जारी हुनुपर्ने भन्दै नामांकन बिनाको संविधान स्वीकार्य नहुने बताएका छन् ।

Bimalendra-Nidhiसंविधानसभाको बैठकमा संविधानको प्रारम्भिक मस्यौदामाथि सोमवार छलफलमा भाग लिदै मन्त्री निधीले संविधान जारी गर्दा संघीयता सहितको हुनुपर्ने बताए । निधीले भने-प्रदेशको सिमांकन नगरि संविधान जारी गर्नु भनेको संघीयता बेगरको संविधान जारी गर्नु हो ।

निधीले ८ प्रदेशमा सहमति भइसकेकाले अब तत्कालै सिमांकन सम्बन्धी उच्चस्तरीय आयोग गठन गरी त्यसको प्रतिवेदन संविधानसभामै पेश हुनुपर्ने बताए । निधीले भने-तत्काल आयोग गठन गरेर त्यसको प्रतिवेदन संविधानसभामै पेश होस् र यहाँबाट पारित भएपछि मात्र संविधान जारी गर्नुपर्छ ।

कांग्रेस नेता निधीले सर्बोच्चको आदेशले संविधानको क्षेत्राधिकार हनन नगरेको बताए । उनले सर्बोच्च अदालतको आदेशको सम्मान गर्न पनि आग्रह गरे । निधीले नागरिकता सम्बन्धी अहिलेको प्राबधान स्वीकार्य नहुने पनि बताए ।

त्यस्तै कांग्रेस सभासद लक्ष्मी राईले गाईलाई राष्ट्रिय जनावर मान्न नसकिने बताइन् । उनले भनिन्, ‘मेरो घरमा दशैंमा गोरुको टाउको पूजा गर्नु पर्छ, गाई काट्न नपाएकाले गोरुको टाउको राख्नु परेको हो, अरुले बोका खसी काटे जस्तै गाई काट्ने पनि छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment