Comments Add Comment

वाग्लेको सिफारिशमा ‘पशुपति प्रसाद’मा बर्षा

Barsha Siwakoti-2
छायांकनमा जाने चर्चा चलेपनि भुकम्पका कारण रोकिएको चलचित्र ‘पशुपति प्रसाद’ अब खिचिने भएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि नायिका पनि पक्का गरिएको छ ।

चलचित्रमा ‘टलक जंग भर्सेस टुल्के’बाट उदाएका कलाकार खगेन्द्र लामिछाने शिर्ष भूमिकामा देखिदैछन् ।
चलचित्रमा अब खगेन्द्रको साथमा नायिका बर्षा सिवाकोटीले अभिनय गर्ने पक्का भएको छ । चलचित्र ‘नाई नभन्नु ल २’मा सानो भूमिकामा देखिएकी सिवाकोटी यसपछि खासै चम्कन सकेकी थिइनन् । तर, उनले यो ठूलो प्रोजेक्टमा काम गर्ने पक्का भएको हो ।

चलचित्रका लागि नायिका बर्षालाई निर्माता माधव वाग्लेेले सिफारिश गरेका हुन् । वाग्लेले कथावस्तुमा बषर्ा भन्दा बाहेक अन्य कोही पनि नसुहाउने भन्दै लिइएको बताए । उनले आफ्नै सिफारिशमा बर्षा यो चलचित्रको नायिका भएको स्विकार गरे ।

चलचित्रको कथामा जुन प्रकारको अनुहार चाहिएको छ, त्यसमा बर्षा भन्दा अरु नसुहाउने वाग्लेको कथन छ । चलचित्रले ‘पशुपति प्रसाद’ नाम गरेका एक पात्रको कथालाई भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment