Comments Add Comment

कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर गर्दैन : ओली

२१ असार, दमक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक/दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताएका छन् ।

Kp-oliदमक–१० स्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक नभएको बताए ।

यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने उनले दाबी गरे ।

केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले अव संविधान साउनको दोस्रो सातासम्ममा आएरै छाड्ने बताए ।

संविधान निर्माणपछि मुलुक समृद्ध र लोकतन्त्रको संस्थागत विकासतर्फ अगाडि बढ्ने उनको धारणा थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment