Comments Add Comment

चार मधेसवादी दलद्वारा संविधानसभा बैठक बहिस्कार

२१ असार, काठमाडौं । संविधानको मस्यौदाप्रति असहमति जनाउँदै चार मधेस केन्द्रीत दलले संविधानसभा बैठक बहिस्कार गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सोमबारको बैठकमा सुरुमा नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मस्यौदाले संघीयतासहितको संघीयताका लागि जनता गरेको आन्दोलनको मर्मलाई सम्बोधन नगरेको दाबी गरे ।

मस्यौदाले नागरिकताको सवालमा मधेसीमाथि अन्याय गरेको र दलित, सीमान्तकृत वर्ग, जनजाति, महिलालाई उपेक्षा गरेको उनको आरोप थियो ।

फोरम नेपालका अध्यक्ष यादवले प्रदेशहरुको नाम र सीमा नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताए । सर्वोच्च अदालतको आदेशलाई समेत उपेक्षा गरेर अघि बढे मुलुकमा अनष्ट हुने उनको चेतावनी छ ।

यादवले सम्बोधन गरेपछि फोरम नेपाल, तमलोपा, सद्भावना र संघीय सद्भावनाका सभासदहरु बैठकबाट बाहिरिएका छन् । मधेस केन्द्रीत चार दलले आइतबार पनि बैठक बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment