Comments Add Comment

शक्तिखोर र जुटपानीको बस्ती सुरक्षित स्थानमा सार्न आयोगको आग्रह

२१ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चितवनको शक्तिखोर र जुटपानी, नवलपरासीको देवचुली र किर्तिपुरको वस्ती सुरक्षित स्थानमा सार्न सरकारलाई आग्रह गरेको छ ।

NHRCस्थालगत अध्ययनपछि आयोगले नवलपरासीको देवचुली र किर्तिपुर, पाल्पाको देउराली गाबिसको डा नं ५ र ७ का धारादि र भुटुका गाउँका केही बस्ती पहिरोको जोखिममा रहेको पाइएका भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्नसरकारलाई आग्रह गरेको छ ।

पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा मुस्ताङ राजमार्गसँग जोडिएका पहाड तथा भीरहरुमा ठुलो पहिरो जानसक्ने प्रवल सम्भावना रहेको भन्दै आयोगले मानवीय क्षति रोक्न तत्काल कार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मानवअधिकार आयोगले भूकम्पले क्षती पुर्‍याएको पर्सा, नवलपरासी र पाल्पा जिल्लाको कारागार भवनमा बस्न नमिल्ने देखिएको भन्दै कारागार भवनको पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment