Comments Add Comment

मेस्सीले कोपा अमेरिकाको उत्कृष्ट खेलाडीको अवार्ड लिन मानेनन्

Messi

२१ असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेस्सीले कोपा अमेरिकाको उत्कृष्ट खेलाडीको अवार्ड लिन अस्वीकार गरेका छन् ।

अर्जेन्टिना आयोजक चिलीसँग पेनाल्टी सुट आउटमा पराजित भएपछि स्टेजबाट एकाएक ‘बेष्ट प्लेयर आफ दि टुर्नामेन्ट’ अवार्ड हटाइएको थियो ।

मेस्सीले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड लिन अस्वीकार गरेको अर्जेन्टिनी सञ्चार माध्यमहरुले जनाएका छन् । मेस्सीले अफिसियलहरुलाई आफूलाई उक्त अवार्ड नदिन भनेको बताइएको छ ।

यसै सिजन क्लब बार्सिलोनालाई च्याम्पियन्स लिगसहित प्रमुख तीन उपाधि दिलाउन सफल मेस्सी अर्जेन्टिनाको जर्सीमा भने चुक्दै आएका छन् ।

२२ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउने मौका उनले सदुपयोग गर्न सकेनन् । यसअघि विश्वकप फुटबलमा पनि उनको नेतृत्वमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

कोपा अमेरिकामा मेस्सीले एक मात्र गोल गरे र त्यो पनि समूह चरणमा पाराग्वेसविरुद्धको पेनाल्टी गोल थियो ।

तर, सेमिफाइनलमा पाराग्वेविरुद्धको खेलमा भने उनले जादुमयी प्रदर्शन गरे । अर्जेन्टिनाले ६-१ को जित हात पार्दा उनले तीन गोलका लागि पास दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment