Comments Add Comment

एन्टीवायोटिक प्रतिवन्ध गर्न विज्ञको सुझाव

Chitwan

२१ असार, चितवन । पशुपंक्षी उत्पादनमा एन्टीवायोटिकको प्रयोग प्रतिवन्ध गरे मात्रै जैविक सुरक्षा प्रभावकारी बन्ने पशुपंक्षी विज्ञले बताएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा आयोजित जैविक सुरक्षा सम्बन्धी प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रममा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

विज्ञहरुले वर्ड फ्लु, रानीखेत, गम्बरो, ई.कोलाई, ककसी जस्ता बाह्रमासे रोगको प्रकोप न्यूनिकरणमा सहयोग समेत जैविक सुरक्षाले मद्दत पुग्ने बताए ।

Farmersकार्यक्रममा डा. होमबहादुर बस्नेत र जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्कीले कुखुराजन्य रोगहरुबाट जोगिनका लागि विशेष सरसफाइमा ध्यान दिन कुखुरा पालक कृषकहरुलाई आग्रह गरे ।

कुखुरा व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर नगरपालिकाको संयुक्तय आयोजना र उद्योग वाणिज्य संघ रत्ननगरको सहयोगमा आयोजित प्रशिक्षणमा ८० जना कुखुरा पालक कृषकहरुको सहभागिता थियो ।

– राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment