Comments Add Comment

फ्रि भिसा कार्यान्वयन नगर्ने म्यानपावर खारेज गर्ने चेतावनी

२१ असार, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले मलेसियासहित सात खाडी मुलुकहरुमा फ्रि भिसा र टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयन नगर्ने म्यानपावर खारेज गर्ने चेतावनी खिएको छ ।

श्रम सचिव भोलाप्रसाद सिलवालले प्रर्वद्धन शुल्क १० हजार, विमा, मेडिकल र कल्याणकारी कोष गरेर बढीमा १८ हजार रुपैयाँ मात्र कामदारबाट लिन पाउने बताए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सचिव सिलवालले फ्रि टिकट र  फ्रि भिसासहितको डिमाण्ड ल्याए मात्रै पूर्व स्विकृती दिने बताए । उनले बढी शुल्क लिने वा सरकारी निर्णय कार्यान्वयन नगर्ने म्यानपावर कम्पनीलाई दर्ता खारेजसम्मको कारवाही गर्ने चेतावनी दिए ।

श्रम विभागका डिजी र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित एक अनुगमन समिति गठन भएको जानकारी दिँदै त्यसले उनले सोमबारबाटै अनुगमन सुरु गरेको बताए । नयाँ नियमले म्यानपावर ब्यवसायीहरुलाई घाटा नपर्ने भन्दै उनले फ्रि टिकट र भिसा कार्यान्वयन गर्न सम्बन्धित मुलुकसँग कुरा गरिरहेको जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष विमल ढकालले श्रम मन्त्री टेकबहादुर गुरुङले म्यान पावर ब्यवसाय धरासायी हुन्छ भन्ने जान्दा जान्दै फ्रि भिसा को निर्णय गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment