Comments Add Comment

अर्घाखाँची सेवा समाज कतारका केन्द्रीय सदस्य भाटको विदाइ

qatar-bhat

कतार । अर्घाखाँची सेवा समाज कतारका केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख वामदेव भाट कतारबाट विदाइ भएका छन् ।

नेपाल फर्किन लागेका भाटलार्इ सनैयाको अलदियास्थित लालीगुराँस रेस्टुरेण्टमा एक कार्यक्रमकाबीच विदाइ गरिएको हो । उनी लोकदोहोरी क्षेत्रका कलाकारसमेत हुन् ।

युवराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष ठाकुरकुमार परियार, अतिथी संस्थाका सचिब केशब भुसाल, कोषाध्यक्ष टेकराज थापा, केन्द्रीय सदस्य घनश्याम न्यौपाने लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment