Comments Add Comment

नारायणीमा हाम फालेर आत्महत्याको प्रयास, सशस्त्रद्वारा उद्धार

२१ असार, चितवन । नारायणी नदीमा हाम फालेर आत्महत्याको प्रयास गर्ने झलकप्रसाद लामिछानेलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

चितवनको पिठुवा गाविस ७ का ७७ वर्षका लामिछानेलाई सोमबार दिउँसो करीव एक बजे भरतपुर उपमहानगरपालिका ३ स्थित नारायणी नदीको पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेका थिए ।

उनलाई सशस्त्र प्रहरी बलको इमिडियट रेस्पोन्स टिम (आइआरटी) ले सकुशल उद्धार गरेको छ । घटनास्थलबाट झण्डै १५ मिटरको दुरीमा रहेको सशस्त्र प्रहरी बल आइआरटी पोष्ट पुल्चोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सीताराम थापाको कमाण्डमा खटिएको आइआरटीले उद्धार गरेको हो ।

आफूलाई भारतीय सेनाको अवकाश प्राप्त कर्मचारी बताउने लामिछानेले घरायसी तनावका कारण मादकपदार्थ सेवन गरी नदीमा हाम्फालेर आत्महत्याको प्रयास गरेको बताएका छन् । उद्धार गरेलगत्तै उनलाई एपीएफ टोलीले स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment