Comments Add Comment

शिक्षिका हत्या प्रकरणमा पक्राउ सात जना कारागार चलान, ५ जना छुटे

२१ असार, कैलाली । कैलालीको रामशिखरझाला–२ मा भएको शिक्षिका हत्या प्रकरणमा पक्राउ परेका १२ जनामध्ये सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत कैलालीले सात जनालाई पुर्पक्षका लागि कारागार चलान गर्दै बाँकी पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रामशिखरझाला–२ मा रहेको शान्ति निमाविमा कार्यरत शिक्षिका यशोदा शाहीको हत्यमा संलग्न रहेको अभियोषमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो ।

मुद्दामा थुनछेक बहसपछि जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासैनीको एकल इजलासले सात जनालाई पुर्पक्षका लागि थुनामा राख्न, तीन जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको कैलालीका प्रहरी प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।

पक्राउ परेकामध्ये एक जना नाबालक भएकाले संरक्षकको जिम्मा लगाउन आदेश अदालतले दिएको छ । यशोदा कार्यरत विद्यालयका प्रधानाध्यापक रामशिखरझाला गाविस–१ बस्ने डम्बर शाह, उनकी छोरी कल्पना शाह, पवित्रा सिंह,पहलमानपुर गाविस–१, बस्ने विक्रम बोगटी, प्रवीण मिश्र र पहलमानपुर–२ बस्ने मेखराज पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो ।

पुर्पक्षका लागि थुनामा परेका प्रधानाध्यापक डम्बर शाहकी श्रीमती ज्ञानुदेवी शाहलाई रु एक लाख तथा पहलमानपुर गाविस–२ बस्ने खेमराज अधिकारी र धर्म शाहीलाई जनही ५०/५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । प्रेम थापालाई साधारण तारेखमा र नाबालिका भएकाले जयन्ती सिंहलाई संरक्षकको जिम्मा लगाउन आदेश भएको हो ।

जेठ ११ गते रातिदेखि बेपत्ता रामशिखरझाला गाविस–१ बस्ने २७ वर्षीया यशोदाको शव जेठ १५ गते पहलमानपुर गाविसको तुलसी सामुदायिक वनमा निर्वस्त्र भेटिएको थियो । हत्याको अभियोगमा मृतकका श्रीमान् जनकबहादुर शाहीले १२ जनाका नाममा किटानी जाहेरी दिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment