Comments Add Comment

सेल्फी देखाएर अनलाइन भुक्तानी

selfeeअब छिटै अनलाइन भुक्तानीलाई प्रमाणीकरण गर्नका लागि एउटा सेल्फी पर्याप्त हुनेछ । अमेरिकी कम्पनी मास्टरकार्डले एउटा यस्तो स्मार्टफोन एपको परीक्षण गरिरहेको छ जसले प्रयोगकर्ताका अनुहारको स्क्यानका माध्यमबाट व्यक्तिको पहिचान पुष्टि गर्दै अनलाइन भुक्तानीलाई प्रमाणित गर्न सहयोग गर्नेछ ।

प्रयोगकर्ताले मास्टरकार्ड फोन एप डाउनलोड गर्नुपर्नेछ । अनि खरीददारी पछिको चेकआउट उनीहरुलाई फोन माथि उठाएर सेल्फी लिन र त्यसक्रममा आँखा झिम्काउन लगाइनेछ ।

अहिले मास्टरकार्ड प्रयोगकर्ताले अनलाइन खरीद तथा भुक्तानीमा एउटा पासवर्ड प्रयोग गर्दछन् जसलाई सेक्योर कोड भनिन्छ ।

तर त्यस्तो पासवर्ड चोरी हुनसक्ने, भुल्न सकिने तथा अरुले ह्याक गर्नसक्ने हुनसक्छ ।
सिएनएनका अनुसार मास्टरकार्डले अहिले ५ सय जना प्रयोगकर्तामा औँठाछापको प्रयोगमार्फत अनलाइन भुक्तानीको प्रामणीकरण गर्ने परियोजना समेत सुरु गरेको छ र त्यसको साथसाथै फेसियल स्क्यान एपको पनि परीक्षण गरिरहेको छ ।

प्रमाणीकरणको यो विधिलाई सम्भव तुल्याउनका लागि सबै स्मार्टफोन निर्मातासँग सहकार्य गरिने मास्टरकार्ड कम्पनीले जनाएको छ ।

मास्टर कार्डका अनुसार प्रयोगकर्ताले अनलाइन खरीद गरेसँगै स्मार्टफोनमा पप अप सन्देश आउनेछ ।त्यसमा उनीहरुलाई औँठाछाप वा अनुहार पहिचानको विकल्प उपलब्ध हुनेछ । अनुहार पहिचान अर्थात् सेल्फी विधि छान्नले आफ्नो स्मार्टफोनकेा स्त्रिmनमा हेरेर एकपटक आँखा झिम्काउनुपर्नेछ ।

यसरी प्रयोगकर्तालाई आँखा झिम्काउन लगाउनु सुरक्षाको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको र यसबाट चोरहरुल प्रयोगकर्ताको तस्वीर आफै खिचेर दुरुपयोग गर्ने जोखिम हट्ने बताइउको छ ।

मास्टरकार्डका सुरक्षा विज्ञ अजय भल्लाका अनुसार सेल्फीप्रेमी युवामाझ मास्टरकार्डको यो सेल्फी भुक्तानी विधि लोकपि्रय हुने अपेक्षा गरिएको छ । प्रयोगकर्ताको अनुहारको स्मार्टफोन एपले पढेर स्क्यान गरेसँगै त्यसलाई कोडमा बदल्ने र त्यसलाई मास्टरकार्ड प्रणालीमा इन्टरनेट मार्फत पठाएर प्रयोगकर्ताको अनलाइन भुक्तानीलाई प्रमाणित गर्ने गरिन्छ ।

मास्टरकार्डले औँठाछाप तथा सेल्फीका साथै बोली पहिचान गरेर अनलाइन भुक्तानी प्रमाणिकरण गर्ने प्रविधिमाथि पनि परीक्षण गरिरहेको बताइको छ । यतिमात्र होइन प्रयोगकर्ताको मुटुको स्पन्दनलाई पहिचान गरेर अनलाइन भुक्तानी प्रमाणित गर्ने प्रविधिको विकाशमा समेत स्मार्टकाडै लागिरहेको छ र यसका लागि क्यानाडाली कम्पनी निमीसँग सहकार्य गरिरहेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment