Comments Add Comment

प्रधानमन्त्री कोइराला र अमेरिकी राजदूतबीच भेटवार्ता

Pm-sushil-With-American-Ambesder

२१ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र  नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेेबीच भेटवार्ता भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत बोडेले नेपालको संविधान लेखन र भूकम्प पछिको पुनर्निर्माणका बारेमा चासो व्यक्त गरेका थिए । उनले नेपालमा संविधान लेखनका सम्बन्धमा भएको सकारात्मक विकास क्रमलाई स्वागतयोग्य कदम भनेका छन् ।

भूकम्प आएपछि नेपालको अवस्थाका बारेमा अमेरिकी सरकारलाई अवगत गराइएको भन्दै राजदूत बोडेले नेपालको पुनर्निमार्णका लागि अमेरिकी निजी क्षेत्र र सरकारी स्तरको सहयोग पनि बढ्ने बताए ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले छिट्टै संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतान्त्रिक संविधान पाउने बताएको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment