Comments Add Comment

सर्वोच्चका न्यायाधीशलाई ४० हजार घरभाडा दिने सरकारको निर्णय

२१ असार, काठमाडौं । सरकारले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई मासिक ४० हजार घरभाडा दिने निर्णय गरेको छ ।

supreme-court-of-Nepalसोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत आवास निर्माण नभएससम्म घरभाडा दिने निर्णय गरेको हो । अब सर्वोच्चका ११ न्यायाधीशले मासिक रुपमा ४० हजार घर भाडा पाउनेछन् ।

सरकारले उच्च पदस्थ कर्मचारी र सर्वोच्चका न्यायाधीशहरुका लागि आवास उपलब्ध गराउने प्रक्रिया अघि बढाएपछि टुङ्गोमा पुगेको छैन ।

९६ औषधिको खुद्रा मूल्य तोकिने 

मन्त्रिपरिषद बैठकले क्यान्सर लगायतका दीर्घ रोगका लागि प्रयोगमा रहेका ९६ औषधिको खुद्रा मूल्य तोकेर तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

औषधि बिक्री वितरणमा आफूखुसी मूल्य तोकिएको र उपभोत्ता मारमा पर्ने गरेको गुनासो बढिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले बढी प्रचलनमा रहेका १८ र अर्बुद रोग (क्यान्सर)लगायत दीर्घ रोगका लागि प्रयोगमा रहेका ७८ गरी ९६ औषधिको खुद्रा मूल्य तोकेको हो । अब उक्त मूल्यसूची हरेक औषधि पसलले राखेर बिक्री गर्नुपर्नेछ ।

बैठकले ललितपुर, सिन्धुपाल्चोक, कास्की र काठमाडौंका विभिन्न स्थानमा स्वर्गवासी राजा वीरेन्द्र,रानी ऐश्वर्यको र उनका परिवारका नाममा देहावसान हुँदाका बखत रहेका जग्गा नेपाल ट्रष्टका नाममा कायम गर्ने निर्णय गरेको छ । यस्तै स्ट्यान्डर्ड चार्टर बैंकमा एचएम टेजरीको नाममा रहेका खाता पनि ट्रष्टमा नामसारी गरिने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जनकारी दिए ।

सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई तोकेको छ ।

शिक्षा सेवा आयोगको रिक्त सदस्य पदमा शिक्षा मन्त्रालयका पूर्व सहसचिव ज्ञानी यादवलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment