Comments Add Comment

रुखलाई स्तम्भ बनाउँदै भारत

२२ असार, कैलाली । कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा पर्ने जंगलमा रुखलाई भारतले सीमास्तम्भ भएको दावी गर्दै पिलर नम्बर राखेको छ । भारतीय पक्षले रुखमा १८२, १८४ र २०० नम्बरको सीमा पिलर लेखेर नेपाली भूमि मिचेको छ ।

कञ्चनपुरको दक्षिणपूर्वी क्षेत्र पुनर्वास जोड्ने भारतको दुदुवा नेसनल पार्क क्षेत्रको बाइसेबिचवा गाविसमा भारतले रुखलाई सीमास्तम्भ बनाएको नयाँ पत्रिकामा खबर छ । सरकारको उदासीनताको कारण भारतीय पक्षले पटक-पटक सीमाना सार्ने गरेको स्थानीय केशव थापाले बताए । भारतीय पक्षले सीमाका नेपालीलाई अनेक दुःख दिने गरेको उनले गुनासो गरे ।
|
‘सीमा क्षेत्रमा भारतीय पक्षले नेपालीलाई धेरै दुःख दिने गरेको छ,’ थापाले भने, ‘भारतीय पक्षले कुनै सम्झौताबिनै एकलौटी ट्रेन्च बनाएको छ । एकलौटी ट्रेन्चका कारण नेपाली सशंकित भएर बस्नुपर्ने भएको छ । अहिले रुखलाई सीमा स्तम्भ बनाएको छ ।’ आफूहरुले रुखलाई सीमा स्तम्भ बनाएको बारे प्रशासनलाई जानकारी गराएपनि प्रशासनले कुनै चासो नराखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment