Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा बिजिनेस खबर

राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले बुढी गण्डकीमा मुआब्जा र पुनर्वासलाई २९ अर्ब माग, पुनर्निर्माण र पूर्वाधार नै प्राथमिकतामा, सञ्चालित आयोजनाको पुनःप्राथमिकीकरण गरिने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा बुढीगण्डकीमा मुआब्जा र पुनर्वासलाई २९ अर्ब माग, चिनियाँ जहाजको म्यानुअलमै गडबडी, १० वर्षसम्म बन्दहड्ताल नगर्ने प्रावधान राख्न अर्थमन्त्रीको माग, ग्रीसद्वारा ऋणमुक्ति प्रस्ताव अस्वीकार, सुनचाँदी धितोमा सवा ३१ अर्ब लगानी लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा पुनर्निर्माण र पूर्वाधार नै प्राथमिकता, विकास बैंक र फाइनान्समा समस्या, वायुसेवा निगम अध्यक्ष न्यौपाने हटाइए, निःशुल्क टिकट भिसा कार्यान्वयन, दुर्गममा खाद्यान्न अभाव सदरमुकामको गोदाम भरिभराउ, भूकम्पले सिँचाइ आयोजनामा क्षति, अन्नपूर्ण क्षेत्रमा वैकल्पिक पदमार्गको तयारी लगायतका खबर छन् ।

अभियान दैनिकमा सञ्चालित आयोजनाको पुनःप्राथमिकीकरण गरिने, बजेटमा निजी क्षेत्रको अपेक्षाः कार्यक्रम कार्यान्वयन सुनिश्चित हुनुपर्यो, यातायात क्षेत्रको सिण्डिकेटमा मन्त्रालयको संरक्षण, अधिकांश औषधि उद्योगलाई जीएमपी, अब चितवनमै तरकारी परीक्षण, बजेटका चुनौती र प्राथमिकता, कार्यान्वयन नगर्ने म्यानपावर खारेज गरिने, लगायतका खबर छन् ।

नागरिक दैनिकमा अवैध क्रसर चलाउन फेरि चलखेल, शून्य लागत निर्णय कार्यान्वयनमा, जैविक सुरक्षामा ध्यान पुगेन, नेपाल र कृषि बेंकमा साझेदार आएनन्, जंक फुडमा कर बढाउन सुझाव, बायोमेटि्रक लागू गर्न संसदीय समितिको सिफारिस लगायतका खबर छन् ।

eco1

eco2

eco3
eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment