Comments Add Comment

टुरान बार्सिलोनामा, अर्को वर्ष मात्र खेल्न पाउने

Arda-Turan

२२ असार, काठमाडौं । एथ्लेटिको मड्रिडका मिडफिल्डर टुरान बार्सिलोना जाने भएका छन् । युरोपियन च्याम्पियन बार्सिलोनाले टर्कीका टुरानलाई २४ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

तर, टुरानले आगामी जनवरीसम्म बार्सिलोनाबाट खेल्न पाउने छैनन् । फिफाको प्रतिवन्धका कारण बार्सिलोनाले २०१६ मा मात्र नयाँ खेलाडी दर्ता गर्न सक्नेछ ।

गालाटासरेबाट २०११ मा एल्थेटिको आएका टुरानले एथ्लेटिकोका लागि २२ गोल गरेका भने भने ३२ गोलका लागि असिस्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment