Comments Add Comment

आयो ‘नयाँ फेसबुक’, गाली र अश्लीललाई बन्देज

facegloria

विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकमा गालीगलौज तथा आपत्तिजनक तस्वीर र सामाग्रीहरु पोष्टिनु आजकल सामान्य बन्दै गएको छ । यद्यपि फेसबुकले यस्ता सामाग्रीलाई बन्देज लगाउनका लागि विभिन्न उपायहरु अपनाउने गर्छ तथापि फेसबुक प्रयोगकर्ताहरुले फेसबुकमा ‘असभ्यपना’ लाई छाड्न सकेका छैनन् ।

सायद फेसबुकको यहीँ दोषबाट मुक्ति पाउनकै लागि होला ब्राजिलमा ‘नयाँ फेसबुक’ सुरु भएको छ । यो नयाँ सोसल नेटवर्किङ साइटको खास विशेषता भन्नु नै यसमा गालीगलौज गर्न तथा आपत्तिजनक र अश्लील सामाग्रीहरु कुनैपनि रुपमा पोष्ट गर्न पूर्णतया बन्देज गरिएको छ ।

विश्वमा सबैभन्दा धेरै रोमन क्याथोलिक धर्माबलम्बी रहेको ब्राजिलको इभान्जेलिकल क्रिस्चियन समूहले ‘फेसग्लोरिया‘नामको सोसल साइट गएको महिला सार्वजनिक गरेको हो । सार्वजनिक भएकेा एक महिनामै यसका प्रयोगकर्ताको संख्या १ लाख पुगेको छ ।

फेसग्लोरियामा आपत्तिजनक तथा अश्लील मानिएका विभिन्न ६ सय शव्दहरुमा प्रतिबन्ध लगाइएको छ । कसैका पोष्ट मन पराउनका लागि फेसबुकको लाइक जस्तै यसमा एमेन नामक बटन छ ।

स्मरण रहोस् सन् २०१३ मा मुस्लिमका लागि लक्षित गर्दै अमाल्याण्ड नामक सोसल साइट खुलेको थियो । यो साइटका प्रयोगकर्ता अहिले ३ लाख २९ हजार पुगिसकेका छन् ।

यो साइटमा मुस्लिम महिला प्रयोगकर्ताका लागि विस्तृत गोपनीयताको व्यवस्था पनि छ । त्यसका साथै दैनिक प्रेरणादायी इस्लामकि कथनहरु पनि सो साइटमा छन् ।

ब्राजिलमा हालै सुरु भएकेा फेसग्लोरिया अहिले केवल पोर्चुगिस भाषामा मात्र उपलब्ध छ । यद्यपि निकट भविष्यमै अन्य भाषाका साथै यसको मोबाइल एप समेत उपलब्ध गराउने लक्ष्य यसका निर्माताको छ । फेसग्लोरियाका वेब डिजाइनर एटिल्ला ब्यारोस भन्छन्, ‘फेसबुकमा कैयन् हिंसा तथा पोनोग्राफीका सामाग्री देख्न सक्नुहुन्छ ।

त्यसकारण हामीले एउटा नयाँ संजाल सिर्जना गर्ने सोँच बनायौँ जहाँ इश्वर, प्रमका साथै इश्वरका बचनहरु फैलाउन सकियोस् ।’ यो साइटमा तेश्रो लिंगी तथा समलिंगी सम्बन्धि सामाग्रीहरुमा पनि बन्देज लगाइएको छ ।

फेराज दी भास्कोन्सेलोस सहरका मेयर एसिर डस सान्तोसले समेत यो साइटमा अहिलेसम्म १६ हजार डलर लगानी गरिसकेका छन् । यो साइट निर्माताले उनकै अफिसमा बसेर यसको विकाश गरेका हुन् ।

फेसग्लोरी विश्वव्यापी नेटवर्क रहेको भन्दै उनीहरुले यसको अंग्रेजीका साथै सबैजसो भाषाको डोमेन समेत खरीद गरिसकेको बताएका छन् । विश्वका सबै ठाउँमा फेसबुक र टि्वटरलाई माथ लिने लक्ष्य उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment