Comments Add Comment

तनहुँ सम्पर्क समिति कोरियाद्वारा तीन लाखबढी राहत हस्तान्तरण 

quake-korea

कोरिया । नेपालमा बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्रयाएको सिन्धुपाल्चोक तथा तनहुँका विभन्न क्षेत्रमा सहयोग प्रदान गरिएको छ ।

क्षतिग्रस्त विभिन्न क्षेत्रमा तनहुँ सम्पर्क समिति कोरियाले राहत स्वरूप त्रिपाल, खाद्यान्न लगायत विभिन्न शैक्षिक क्षेत्र निर्माणका लागि सहयोग पुर्याएको छ।

तनहुँ सम्पर्क समितिले “भूकम्पपीडित सहयोगार्थ” नामक दोस्रो भानुभक्त स्मृति भलिबल प्रतियोगिता सम्पन्न गरी उक्त कार्यक्रमबाट हुन आएको मुनाफा र विभिन्न सहयोगी हातहरुद्वारा संकलन हुन आएको मुनाफा र विभिन्न सहयोगी हातहरुद्वारा संकलन भएको रकम पीडितहरूलार्इ प्रदान गरिएको हो ।

korea-school relefeभिमाद युथ क्लबको सहकार्यमा एक लाख बराबरको खाद्यान्न,  रेडियो ढोरबराहीसँगको सहकार्यमा ५५ हजारसहित त्रिपाल बितरण, गोर्खाको चण्डिका स्कुलमा निर्माणका लागि एक लाख बराबरको दुई कोठा भएको ट्रस,  दिनेश पराजुलीको सक्रियतामा सिन्धुपाल्चोकको साँगाचोकको पीडितहरुको लागि ५० हजार बराबरको राहत प्रदान गरिएको छ ।

यस्तै, तनहुँको भूकम्पमा परी घाइते भएका सन्दिप रानालाई उपचारको लागि २५ हजार र स्याम्घाको स्कुललाई १० हजार गरी तीन लाख ४० हजार बराबरको राहत हस्तान्तरण गरेको संस्थाका सचिब सुनिल मल्लले जानकारी दिए ।

प्रवासी भूमिमा रहेर पनि मातृभुमीप्रति मायाँ ममता देखाई आ-आफ्नो ठाउँ बाट सहयोग गर्ने कोरियामा रहेका जनसमुदायप्रति संस्थाका कार्यवाहक अध्यक्ष ललित थापाले आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment