Comments Add Comment

अनौठो प्रतियोगिता, दुइ घण्टासम्म ‘मन डुलाउन’ नपाइने, नाक कोट्याउन पाइने (फोटोफिचर सहित)

yog1

चुपचाप बस्नुस्, गीत सुन्न पाउनुहुन्न, मोबाइल चलाउन पाउनुहुन्न यदि यसो गर्नुभयो भने सिधै आउट । कपाल चिलायो, के गर्ने ? ठिकै छ, कपाल कनाउने छुट छ, नाक कोट्याउने पनि छुट छ । दुइ घण्टासम्म तपाइँले बाहिरी वातावरणको मतलब गर्न पाउनुहुने छैन । बाहिरी वातावरणमा मन नडुलाएर आफुलाई नियन्त्रणमा राख्न सक्नुभयो भने सायद तपाइँ प्रतियोगिताको विजयी बन्न सक्नुहुन्छ । आफुलाई मन पर्ने जे सुकै चिजमा एकोहोरो हेरिरहने क्षमता तथा दृढताको जाँचमा पास हुनुहुन्छ ।

चीनको राजधानी बेइजिङमा हालै यस्तो अनौठो प्रतियोगिता भएको छ । व्यस्त तथा भिडभाडपूर्ण सहरी जिवनबाट वाक्कदिक्क भएका धेरै सहरवासी मानिसले यो प्रतियोगिताको प्रसंसा गरे र भाग पनि लिए । तर केही नेटिजन्सहरु भने यस्तो प्रतियोगिता वाहियात रहेकेा र केवल समयको नास मात्र रहेको बताएका छन् ।

yog2

अन्तराष्ट्रिय स्पेस-आउट प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताको दोश्रो संस्करण हो । ८० जना प्रतियोगिले भाग लिएकेा उक्त प्रतियोगिता बेइजिङस्थित चाइना वल्र्ड ट्रेड सेन्टर नजिकैको व्यस्त सडक छेउँमा भएको थियो ।
यस्तो खालको पहिलो प्रतियोगिता सन् २०१४ को अक्टोबरमा दक्षिण कोरियाको सिओलमा भएको थियो ।

यो प्रतियोगितामा हिँडडुल गर्न तथा चल्न नपाइने मात्र होइन मुटुको चाल समेत बढि घटबढ हुनेगरी मनमा संवेग उत्पन्न गराउन पाइँदैन । मुटुको चाल सामान्य दरमा छ की छैन भनेर पनि बेलाबेलामा जाँच गरिन्छ ।

दर्शकको भोट तथा निर्णायक मण्डलको मतका साथै मुटुको चालको अवस्था लगायतका पक्षहरुको गणना गरी अन्तिम विजेताको घोषणा गरियो ।

अन्त्यमा हालै कलेज उत्तीर्ण गरेका जिन शियु नामका विद्यार्थी सर्वोत्कृष्ट ठहरिए । एक अन्तरवार्ताका क्रममा विजेता जिनले आफुलाई आफ्नै संसारमा भुल्न तथा सुस्त जिवनशैलीमा रमाउन मन लाग्ने गरेको बताए ।

दक्षिण कोरियाली कलाकार उप्स यांगले यो प्रतियोगिताको सुरुवात गरेका थिए । मानिसहरुमा मन सफा गर्न, जिवनका तनावहरु भुल्न तथा प्रविधिले भरिएको कार्यतालिकाबाट आफुलाई टाढा राख्न र रिल्याक्स हुन सहयोग गर्ने विचरका साथ यस्तो प्रतियोगिताको आयोजना गरिएको थियो ।-सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment