Comments Add Comment

नक्कली एनिभर्सरीले दीपकलार्इ हैरान

deepakraj

काठमाडौ । कहिले काँही धेरै माया पाउदा पनि तनाव हुने रहेछ । मंगलवार बिहान दीपकराज गीरिलाई यस्तै भयो । बिहानै कसैले फोन गरेर बधाइ छ भन्ने बित्तिकै छक्क पर्दै दीपकले प्रश्न गर्थे के को बधाई ?

प्रश्न गर्ने आफैंले उत्तर दिन्थे । ‘आज त तपाईँको म्यारिज एनिभर्सरी रहेछ नि ।’ बिहानभरि बधाई दिनेहरुको फोन रिसिभ गरेका दीपकराजले बधाई ग्रहण गर्दै स्पष्टीकरण पनि दिए ।

खासमा यो उनको दुईवर्ष अघि फेसबुकमा पोष्ट गरेको स्टाटस थियो तर, कुनै शुभचिन्तकले लाईक गरिदिएछन् । श्रीमती र छोरासहित बसेको अनि आज हाम्रो विवाह भएको २७ वर्ष पुग्यो भनेर लेखेको स्टाटस अगाडि आएछ ।

यस्ता घटना बेला बेलामा हुने गरेको सुनाउँदै दीपकले भने ‘मेरा शुभचिन्तक धेरै छन् । पुरानो तस्वीर र सामग्रीलाई लाईक गरिदिँदा यस्तो समस्या आएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment