Comments Add Comment

बालिकाको अनौठो रोग, चोट लाग्दा पनि नदुख्ने

elsie-tolhurst1

अस्ट्रेलियाको न्यु साउथ वेल्सकी एक बालिका हरेक दिन आफ्नो टाउको ढोकामा जोरसँग ठोक्काउँछिन् । कहिले दाँतले आफ्नै जिउलाई क्वाप्पै टोक्छिन् भने कहिले कपाल भुत्याउँछिन् डरलाग्दो गरी आखिर आफ्नै जिउलाई दुख हुने तथा पीडाले विह्वल हुने त्यस्तो काम कतै मानसिक असन्तुलनका कारण ती बालिकाले गरिरहेकी त होइनन् ? भन्नुहोला । त्यसरी आफ्नै टाउको ठोक्काउँदा तथा दाँतले टोक्दा उनलाई कत्ति दुख्दो हो ? पनि भन्नुहोला । तर अचम्म मान्नुपर्ने कुरा के छ भने यसरी आफ्नै जिउमा चोट पूराउँदा पनि ती बालिकाको अनुहारमा पीडाको कुनै भाव देखिँदैन ।

एल्सी टोलहस्र्ट नामकी ती बालिका एक अनौठो रोगबाट पीडित छिन् जसका कारण उनले आफुलाई सधै चोट पूराउन तल्लीन हुन्छिन् अनि चोट लाग्दा पनि उनलाई दुख्दैन ।

५ वर्षकी ती बालिका मुस्किलले थोरै समयमात्र सुत्छिन् । लडाइँ झगडा तथा ठोकठाकमा समय खर्चिएर जिउको शक्ति सबै बर्बाद गर्दापनि उनी थाकेकी जस्तो देखिँदैनन् ।
elsie-tolhurst5
ती बालिकाको त्यो अनौठो रोगलाई स्मिथ म्यागेनिस सिन्ड्रोम भनिन्छ । वैज्ञानिकहरुका अनुसार औषतमा २५ हजार मानिसमा एक जनामा यस्तो रोग हुन्छ ।
यो रोग लागेका मानिसको सरीरमा एउटा क्रोमोजोम कम हुन्छ जसका कारण व्यक्तिको सरीरमा पीडाको अनुभुति हुँदैन ।

६ हप्ताकी हुँदादेखि नै ती बालिकाको उपचार सुरु गरिएको थियो तर त्यो वंशाणुजन्य रोगको कुनै उपचार छैन ।

रोगका कारण उनको मानसिक विकाश पनि निकै सुस्त भएकेा छ र ५ वर्षकी हुँदापनि निकै सानो बच्चाको जस्तो व्यवहार देखाउने गर्छिन् । उनकी आमा अली आफ्नी छोरीको त्यो पीडा हेरिरहन बाध्य छिन् किनकी त्यो रोगको उपचार हुन सक्दैन । छोरीले आफ्नै जिउमा चोट पूराउने काम गरिरहँदा उनले रोक्ने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment