Comments Add Comment

सुटुक्क बिहे गरिन् बोल्ड मीनिषाले

minissha_lamba

मुम्बई । बलिउडकी बोल्ड नायिका मीनिषा लाम्बाले सुटुक्क बिबाह गरेकी छिन् । उनले आफ्नो प्रेमी रेयान थामसँग गुपचुप बिहे गरेकी हुन्् ।

minissha-lamba-weddingलामो समयदेखिसँगै बस्दै आएका उनीहरुले विवाहको समाचारलाई गोप्य राख्ने प्रयास गरेका थिए । ‘बिग बोस ८’ मा समेत देखिएकी मीनिषा अभिनयको अतिरिक्त मोडलिङमा समेत सक्रिय छिन् ।

उनका श्रीमान रेयान नाईट क्लबका मालिक हुन् । उनीहरुको भेटघाट सन २०१३ मा भएको थियो । त्यतिवेलादेखि नै उनीहरुसँगै रहे पनि मीनिषाले सम्बन्धलाई गोप्य राख्दै आएकी थिइन् ।

किडन्याप, अनामिका, कर्पोरेट लगायत दर्जन फिल्ममा काम गरेकी मीनिषाले अभिनयमा बेजेड प्रस्तुति दिन नसके पनि केही म्यागेजिनका लागि न्युड पोज लिएर चर्चामा आएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment