Comments Add Comment

सभासदको आरोप-प्रधानमन्त्री बन्ने नेता प्रत्यक्ष चुनाव लड्न डराए

२२ असार,काठमाडौं । संविधानसभामा संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने क्रममा सभासदहरुले प्रत्यक्ष निर्वाचित सभासदले मात्र प्रधानमन्त्री हुनुपर्ने प्राबधान राख्न दबाब दिएका छन् ।

Yagyaraj-Sunuwar
यज्ञराज सुनुवार

संविधानसभाको मंगलवारको बैठकमा बोल्दै एमाले सभासद यज्ञराज सुनुवारले नेताहरुले समानुपातिकमा बसेर प्रधानमन्त्री बन्ने योजना अनुसार संविधानमा समानुपातिकबाट आएको व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्ने प्राबधान राखेको आरोप लगाए ।

सुनुवारले भने- ‘प्रत्यक्ष निर्वाचित व्यक्तिमात्रै प्रधानमन्त्री बन्ने भनिएको थियो तर मस्यौदामा हटाइएछ । नेताहरु चुनावमा जान डराएर समानुपातिकमै सुरक्षित बस्ने र प्रधानमन्त्री हुने खेल खेलेको आशंका भयो ।’

एमालेकै अर्का सभासद पार्वत गुरुङले पनि प्रत्यक्ष निर्वाचित व्यक्तिमात्र प्रधानमन्त्री बन्ने व्यवस्था नगरिए राजनीतिमा विकृति आउने बताए । गुरुङले भने- ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री स्वीकार गरिएन, अहिले आएर प्रत्यक्ष निर्वाचित व्यक्ति प्रधानमन्त्री हुनुपर्ने कुरा पनि स्वीकार नहुने ठिक होइन ।’

Parbat-Gurung
पार्वत गुरुङ

सभासद रामकुमार सुब्बाले पनि प्रत्यक्ष निर्वाचित व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था संविधानमा उल्लेख हुनुपर्ने बताए । सुब्बाले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने त्यसबाट पछि हट्ने काम भएको छ ।’

आदिवासी जनजाति सभासदहरुले नयाँ संविधानमा जनजाति आयोग गठन हुनुपर्ने माग समेत गरेका छन् । सभासद गोकुल घर्तिमगरले भने-३८ प्रतिशत आदिवासी जनजातिको उत्थानका लागि आयोग संविधानमै उल्लेख हुनुपर्छ ।

सभासदहरु सुनुवार, गुरुङ, सुब्बा, घर्ती लगायतले आदिवासी जनजाति आयोग हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment