Comments Add Comment

आज साहिद र मीराको विवाह, यस्तो हुँदैछ विवाहमा

sahid-and-mira

मुम्बई । अभिनेता साहिद कपुरको मंगलबार दिल्लीकी मीरा राजपुतसाग विवाह हुँदैछ । साहिद ३४ वर्षका छन् भने उनको हुनेवाला श्रीमती मीरा २१ वर्षकी भईन् । साहिदको विवाहको कार्डको डिजाईन रवीस कपुरले गरेका थिए । कार्ड डिजाईनमा निकै ध्यान दिईएको रवीसको भनाई थियो ।

रवीसको भनाई अनुसार साहिद रंगमा विशेष ध्यान दिन्छन् । साहिदलाई मनपर्ने रंगको कार्ड डिजाइन गरिएको छ । बिबाहको कार्डको प्याकेज चियाको बक्स स्टाईलमा गरिएको थियो । किनकी साहिदका पीता पंकज कपुर चियाका सौखिन छन् ।

विवाह र रिसेप्सन पार्टीको कार्ड छुट्टाछुट्टै छ । ऋतिक रोशन र शील्पा शेट्टीको कार्ड पनि रवीसले बनाएका थिए । उनको भनाई अनुसार साहिदले रिसेप्सन पार्टीका लागि ५०० कार्ड अर्डर गरेका छन् ।

विवाहको केही दिनपछि रिसेप्सन पार्टी हुने भएको छ । साहिदकी आमा सुप्रिया पाठक छोराको विवाहप्रति असाध्यै उत्साहित छिन् । उनीहरुको रिसेप्सन पार्टी मुम्बईमा हुने भएको छ भने बलिउड स्टारको पनि उपस्थिति हुने भएको छ ।

उनीहरुको विवाहमा राधा स्वामी सत्संग ब्यास पनि सहभागी हुने भएका छन् । साहिद मीराका परिवार राधा स्वामी सत्संगमा आबद्ध छन् ।
उनीहरु शाकाहारी भएकाले पार्टीमा मासुका परिकार पाक्ने छैन । साहिदका लागि विवाहको पोशाक उनका साथी कुणाल रावलले डिजाईन गरेका छन् । मिराको डे्रसको डिजाईन अनामिका खन्नाले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment