Comments Add Comment

रेसलिङका दृष्य : साँच्चै हुन् कि नाटक ?

wrestling1

तपाईंले टेलिभिजनमा डब्लुडब्लुइ रेसलिङ हेर्ने गर्नुभएको छ ? पक्कै हेर्नुभएको होला । त्यसमा रेसलरहरुले देखाउने चर्तिकला हेरेर अचम्भित पनि हुनुभएको होला । तर, तपाईंलाई थाहा नहुन सक्छन्, डब्लुडब्लुई रेस्लिङका दृष्यहरु अक्सर पुर्वनियोजित र स्क्रिप्टमा आधारित हुन्छन् ।

हुन पनि रेसलिङमा अक्सर देखाइने गरेका दृष्यहरु निकै अपत्यारिला हुन्छन् । एउटाले थापिरहन्छ, अर्कोले हानीरहन्छ । कहिले यति क्रुर भिडन्त हून्छ कि रेसलरहरु रगतपच्छे हुन्छन् । हातगोडाले मात्र नभएर कुर्सीले पनि हान्छन् । ठूलो पहलमान सानो पहलमानसित सहजै पराजित हुन्छ । एउटाले टोकेर अर्कोको मासु नै लुछिदिन्छ । यस्ता दृष्यहरु कति वास्तविक हुन् त ? यहाँ पाँच वटा प्रश्नको जवाफ दिइएको छ ।

भिडन्त कति सत्य हो ?

वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लुडब्लुइ) ले खेलाउने रेसलिङको लागि लेखकहरु भर्ति गरेको हुन्छ । ती लेखकले रेसलिङको स्क्रिप्ट लेख्छन् । कसले-कसलाई कसरी पिट्ने भन्ने पहिल्यै तय हुन्छ । यो स्टेज नाटक जस्तै हो । पहलमानले स्क्रिप्टभन्दा बाहिर गएर कुनै मुभ बनाएको खण्डमा सबै गडबड हुन्छ ।

पहलमानले कति पैसा पाउछन् ?

भिडन्त नै पूर्वनियोजित हुने भएकोले रेसलिङ खेल्ने पहलमानहरुको काम नाटकका कलाकारको जस्तै हुन्छ । उनीहरुले आफ्नो ‘भूमिका’ को आधारमा पैसा लिन्छन् । भूमिका लामो र कठिन छ भने जित्नेले भन्दा हार्नेले बढी पैसा पाउछन् । यसैगरी पहलमानको स्टार भ्यालुको आधारमा पनि उनीहरुको मूल्य तय हुन्छ ।

चोट र रगतहरु के हुन् ?

रेसलिङका क्रममा लाग्ने चोट र शरीरबाट बग्ने रगत भने वास्तविक हो । सिनेमामा जस्तो नक्कली चोट देखाउने र रगतजस्तो केमिकल प्रयोग गर्ने मौका यहाँ हुन्न । भिडन्तकै क्रममा कहिलेकाही पहलमानहरु गम्भीर घाइते हुने अवस्था पनि आउछ । तर, रगत छादेको दृष्य भने नक्कली हो । यसका लागि पहलमानले ‘ब्लड क्याप्सुल’ मुखमा हालेका हुन्छन् ।

कसले गराउछ प्रतियोगीता ?

डब्लुडब्लुइको इभेन्टमा विन्स म्याकमहोनलाई मालिकको रुपमा प्रस्तुत गरिएको हुन्छ । तर वास्तविकता यो हो कि डब्लुडब्लुइ एउटा पब्लिक लिमिटेड कम्पनी हो । म्याकमहोन सो कम्पनीका सिइओ हुन् र कम्पनीमा उनको ५२ प्रतिशत सेयर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment