Comments Add Comment

जुनसुकै हालतमा संविधान बन्छ : केपी ओली

२२ असार, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्तै सुकै अवस्था आएपनि संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । साउन १५ सम्ममा मुलुकले नयाँ संविधान पाउने बताउँदै ओलीले त्यसपछि मुलुक विकासको अग्रगतीमा वढने बताए ।
KP
नेकपा एमाले जिल्ला कमिटिी मोरङको आयोजनामा पार्टी कार्यालयमा भएको अगुवा कायृकर्ता भेलालाई सम्वोधान गर्द अध्यक्ष ओलीले संविधान निमौण पश्चात निर्माण हुने राष्ट्रिय सरकाको नेतृत्व एमालेले गर्ने समेत वताए ।

उनले भने-‘एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्न भनिरहेका छन हामी सरकारको नेतृत्व लिन सक्षम भएपनि चुप लागेर वसेका छौ तर अव हामीले पनि सोच्न पर्ने वेला आएको छ यसकालागि एमाले सरकारको नेतृत्व लिन तयारीको अवस्थामा रहनु पर्छ ।’

उनले संविधान वनाउने पक्षमा एमाले र एमाओदीसंगको विपरित धु्रविकरण पनि अहिले एक स्थानमा आएर १६ वुद्धे सहमति पुरा भएको वताए । पार्टी भित्र गुट उपगुटले गर्दा पार्टी कमजोर हुने अवस्था पुग्ने भएकाले अव नयाँ विन्दुवाट पार्टीमा देखिएको गुट उपगुटको अन्त्य गरी एक ठिक्का साथ नाय नेपाल निर्माणमा जुटनु पर्ने केपीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment